Wednesday, November 20, 2019

चिनियाँ लामामाथि छानबिन गर्न समिति

काठमाडौं, ३ मंसिर– बौद्ध स्तूप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उत्पन्न विवाद छानबिन गरी समस्या समाधानका लागि सुझाव दिन पाँच सदस्यीय समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गुठी संस्थान र पुरातŒव विभागका प्रतिनिधि सदस्य छन् ।
संस्कृति मन्त्रालयद्वारा गठित बौद्धनाथ क्षेत्र विकास समितिको नेतृत्वमा विभिन्न संस्थाले चिनियाँ लामा भूपतिबज्र लामालाई बौद्ध क्षेत्र प्रवेशमै रोक लगाएपछि विवाद उत्पन्न भएको हो ।
ती संस्थाले चिनियाँ लामाको विरोधमा खड्गजित लामाको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् । समितिले विरोधका क्रममा चिनियाँ लामालाई गुठी प्रवेशमा रोक लगाएको हो ।
संघर्ष समितिले चिनियाँ लामाको नागरिकता सम्बन्धमा समेत प्रश्न उठाएको छ । बौद्धनाथ क्षेत्र विकास समिति लगायतका संस्थाले चिनियाँ लामाको ठाउँमा पूर्णबहादुर लामालाई बौद्ध घ्याङ गुठीको पूजाआजा गर्ने जिम्मेवारीसमेत दिएका छन् ।

No comments:

Post a Comment