Friday, November 1, 2019

कांग्रेसमा उम्मेदवारको टुंगो आइतबार

काठमाडौं, १५ कात्तिक– कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार टुंगो लगाउने भएको छ ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्कीको प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको प्रदेशसभा उम्मेदवार घोषणा १७ गते गर्ने निर्णय गरेको जानकारी प्रवक्ता विश्वप्रकाश शर्माले दिए ।
बिहीबारको बैठकमा जागरण अभियानको दुवै चरणमा खटिएका केन्द्रीय प्रतिनिधिहरुसहित पार्टी पदाधिकारी बैठक बसेको थियो । ‘जित्ने उम्मेदवार खोज्नु सामान्य नै हो तर यसपटक विगतको जस्तो हतारमा उम्मेदवार चयन गरिं“दैन । लामो गृहकार्य गरेर परामर्शपछि सर्वसम्मत हुने गरी उम्मेदवार चयन गरिन्छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।
कास्कीमा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर, बागलुङ र दाङबाट प्रदेशसभा क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस भएर कांग्रेस केन्द्रमा आइसकेको छ । गुटका नेता भन्दा पनि सर्वसम्मत र चुनाव जित्ने उम्मेदवार खोजी गरिएको जानकारी कांग्रेस स्रोतले दिएको छ ।


No comments:

Post a Comment