Friday, November 1, 2019

आचारसंहिता पालना गर्ने दलहरूको प्रतिबद्धता

काठमाडौं, १५ कात्तिक– प्रमुख राजनीतिक दलले मंसिर १४ गते हुने उपनिर्वाचनमा निर्वाचन आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार निर्वाचन आयोगले बोलाएको बैठकमा विभिन्न १७ दलका प्रतिनिधिले मन, वचन र कर्मले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनको समयमा आचार संहिता पालनाको विषयमा छलफल गर्न आयोगले सरकार र विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताए ।सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत गएका थिए । नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, कांग्रेसका तर्फबाट नेता एनपी साउदलगात सहभागी भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले सहभागी हु“दैछन् ।

No comments:

Post a Comment