Thursday, November 7, 2019

इन्स्पेक्टरसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं, २० कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका इन्स्पेक्टरसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले घूस लिएको आरोपमा सशस्त्र प्रहरी बल, भजनी कैलालीका सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र कार्की, हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।
भन्सार तिरी भारतीय मालसामान ल्याएका सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिई भ्रष्टाचार गरेको पुष्टि भएकाले कार्कीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासीका हवल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध समेत बुधबार नै मुद्दा दायर गरेको छ ।यसैगरी अख्तियारले झापा जिल्ला समन्वय समितिका खरिदार लोकराज बरालविरुद्ध समेत बुधबार नै मुद्दा दायर गरेको छ । छानबिनबाट बरालले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सेवा प्रवेश गरेको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ ।


No comments:

Post a Comment