Friday, November 29, 2019

घूस लिने र दिनेविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, १२ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लेनदेन गरेको अभियोगमा ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले घूस लिने यातायात व्यवस्था कार्यालय मोटरसाइकल गुर्जुधारा काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र दिने किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मोटरसाइकलको रजिस्ट्रेसन पास गर्नका लागि भट्टराई र रिकन्डिसन हाउसका प्रतिनिधिहरू देउला, शाही, केसी, छुस्याकीबीच घूस लेनदेन भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई बिगोबराबर जरिवाना र जेल सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ ।
घूससहित वडा सचिव पक्राउ
अख्तियारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव (खरिदार) दिनेश बा“स्कोटालाई घूस रकमसहित पक्राउ गरेको छ । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने क्रममा सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घूससहित बाँस्कोटा गोकर्णेश्वर–६ को लक्ष्मीनारायण मन्दिरको परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment