Friday, November 22, 2019

नेकपाबाट आचारसंहिता उल्लंघन : कांग्रेस

काठमाडौं, ६ मंसिर– कांग्रेसले सत्तारूढ नेकपाले उपनिर्वाचन आचारसंहिताविरोधी क्रियाकलाप गरिरहेको आरोप लगाउँदै त्यसलाई रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । कांग्रेसको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले बिहीबार विज्ञप्ति जारी गरी नेकपा र सार्वजनिक पदमा रहेका जनप्रतिनिधिहरूले नयाँ कार्यक्रम र बजेट दिने घोषणा गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप गरिरहेको आरोप लगाएको हो । 
‘उपनिर्वाचन हुने स्थानहरूमा सरकार र सोसम्बद्ध दलका सार्वजनिक पद धारण गरेका व्यक्ति प्रचारप्रसारमा लाग्ने, नया“ योजना, कार्यक्रम र बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्नेलगायतका क्रियाकलाप भइरहेका छन्,’ कांग्रेसको विज्ञप्तिमा छ, ‘यस्ता कार्यको हामी घोर भत्र्सना र आचारसंहिताविपरीतका गतिविधि भविष्यमा नदोहो¥याउन सचेत गराउँछौं ।’
कांग्रेस केन्द्रीय सदस्य एवं अनुगमन समितिका संयोजक रमेश लेखकद्वारा जारी विज्ञप्तिमा सरकार र सत्तारूढ दलबाट भइरहेका आचारसंहिताविपरीतका गतिविधिका बारेमा आयोगलाई ध्यानाकर्षण गराउँदा पनि त्यस्ता क्रियाकलाप जारी रहेकामा चिन्ता व्यक्त गरिएको छ ।


No comments:

Post a Comment