Sunday, November 24, 2019

राउतको पार्टीद्वारा शक्ति प्रदर्शन

काठमाडौं, ७ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाडौंमा शनिबार शक्ति प्रदर्शन गरेको छ । जनमत पार्टीले जुलुस प्रदर्शन गरी ‘रंगभेदविरुद्ध एकतासभा’ गरेको हो । प्रदर्शनका सहभागीले ‘नो रेसिजम’ लगायतका नारा अंकित प्ले कार्ड र ब्यानर बोकेका थिए । सभालाई सम्बोधन गर्दै नेता राउतले मुलुकमा रहेको रंगभेद अन्त्य गर्न आन्दोलन जरुरी रहेको बताए ।
‘पाइलापाइलामा रंगभेद छ । रंगभेद तपाईंको मन, मस्तिष्क र मानसिकतामा छ, त्यसलाई मेटाउन आन्दोलन जरुरी छ,’ उनले भने ।
छुट्टै मधेस राज्यको माग गरी आन्दोलनमा रहेका राउत एक वर्ष अगाडि सरकारस“ग सम्झौता गरी मूलधारको राजनीतिमा आएका हुन् । पृथकतावादी एजेन्डा छाडेका राउतले नेतृत्व गरेको पार्टीले मंसिर १४ गते हुने उपनिर्वाचनमा तराई मधेसका स्थानीय तहहरूमा उम्मेदवारीसमेत दिएको छ ।

No comments:

Post a Comment