Sunday, November 3, 2019

आजदेखि नेपाल–यूएईबीच संयुक्त कार्यसमूह बैठक

काठमाडौं, १६ कात्तिक– नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयन गर्न दुवै मुलुकका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लूसी) को पहिलो बैठक आइतबारदेखि काठमाडौंमा सुरु हु“दैछ ।
दुई दिनसम्म चल्ने बैठकले श्रम समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषय टुंग्याउने जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार बैठक श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रूप दिई मोडालिटी टुंगो लगाउनेछ । बैठकले प्राविधिक विषय टुंगो लगाएपछि नया“ श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्न थाल्ने छन् ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेल गर्ने छन् । युएईका तर्फबाट त्यहा“का मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।
बैठकमा सहभागी हुन यूएईको प्रतिनिधिमण्डल शनिबार काठमाडौं आइपुगेको छ । आबुधावी डायलगको पाँचौं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन गत असोज अन्तिम साता यूएई गएका श्रममन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर विन थानी अल हम्लीबीच दुबईमा भएको छलफलमा समझदारीपत्रमा उल्लेख भएअनुसार नोभेम्बर पहिलो साता उक्त बैठक बस्ने सहमति भएको थियो ।

No comments:

Post a Comment