Thursday, November 21, 2019

१९ लाख भ्रष्टाचार आरोपमा ३ जनाविरुद्ध मुद्दा

काठमाडौं, ५ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कोसी अञ्चल कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख नवीनचन्द्र झासहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
मुद्दा दायर गरिएकामा झाका अतिरिक्त भण्डारण शाखाका प्रमुख दिलचन्द्र राई र सहायक खगेन्द्र बस्नेत छन् । उनीहरूमाथि अञ्चल कार्यालयको गोदाममा रहेको रासायनिक मल बिक्रीको रेकर्ड नराखी १९ लाख ७ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ । अख्तियारले नवलपरासीको जनता माध्यमिक विद्यालय सुक्रौलीका व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) र धनुषाको राष्ट्रिय प्राथमिक विद्यालयकी शिक्षक संगीताकुमारी महतोविरुद्ध समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

 छानबिनबाट यादव एसएलसीको नक्कली प्रमाणपत्र पेस गरी समितिको अध्यक्ष भएको र महतो नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक भएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment