Friday, November 22, 2019

उपनिर्वाचनको अनुगमन गर्न आग्रह

काठमाडौं, ६ मंसिर– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनको अवलोकन गर्न नेपालस्थित कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसहितका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि र विकास साझेदारलाई आग्रह गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूलाई आयोगको कार्यालयमा सम्बोधन गर्दै उपनिर्वाचनको अनुगमन गर्न आह्वान गरेका हुन् । उनले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, कम खर्चिलो र भयरहित वातावरणमा हुने बताए । उनले निर्वाचनको तयारी पूरा भइसकेको जानकारी गराए ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र उपनिर्वाचनको तयारीबारे छलफल कार्यक्रममा कूटनीतिक समुदायबाट प्राप्त सुझाव र सहयोगका लागि आभार व्यक्त गरे । प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य ३ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ । उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउ“पालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २ सय ७३ जना उम्मेदवार छन् ।

No comments:

Post a Comment