Friday, November 22, 2019

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, ६ मंसिर– नवनियुक्त ६ मन्त्रीले बिहीबार बिहान शपथग्रहण गरेका छन् । शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
शपथ लिएका मन्त्रीमा हृदयेश त्रिपाठी (संघीय मामिला तथा सामान्य प्रशासन), घनश्याम भुसाल (कृषि तथा पशुपन्छी विकास), लेखराज भट्ट (उद्योग, वाणिज्य तथा आपूर्ति), रामेश्वरराय यादव (श्रम, रोजगार तथा सामाजिक सुरक्षा), वसन्तकुमार नेम्बाङ (भौतिक पूर्वाधार तथा यातायात) र पार्वत गुरुङ (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) छन् ।
कार्यक्रममा नवनियुक्त तीन राज्यमन्त्रीले पनि शपथ लिए । प्रधानमन्त्री केपी ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । नवनियुक्त राज्यमन्त्रीमा मोतीलाल दुगड (उद्योग), नवराज रावत (स्वास्थ्य) र रामवीर मानन्धर (सहरी विकास) छन् ।
शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीले बुधबार प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरेकी थिइन् ।

No comments:

Post a Comment