Sunday, November 24, 2019

हतियार बुझाउन गृहको आग्रह

काठमाडौं, ७ मंसिर– गृह मन्त्रालयले मंसिर १४ मा उपनिर्वाचन हुने ३७ जिल्लाका इजाजतप्राप्त हतियार मंसिर १० भित्र सरकारलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गरी उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन व्यक्तिगत हतियार नजिकको स्थानीय प्रहरी कार्यालयमा बुझाउन भनेको हो । 
कास्की, बागलुङ, दाङ, भक्तपुर, पाँचथर, भोजपुर, सुनसरी, मोरङ, संखुवासभा, खोटाङ, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, चितवन, लमजुङ, नवलपरासी (पूर्व), गुल्मी, अर्घाखा“ची, कपिलवस्तु, प्यूठान, रोल्पा, बाँके, सल्यान, हुम्ला, बाजुरा, अछाम, डोटी, कञ्चनपुर र बैतडी जिल्लामा उपनिर्वाचन हुँदै छ । 

चुनावको परिणाम आएपछि सम्बन्धित व्यक्तिले हतियार फिर्ता लिन सक्ने मन्त्रालयले जानकारी दिएको छ । प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदै छ ।

No comments:

Post a Comment