Saturday, November 23, 2019

इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, ६ मंसिर– घूस लिएको अभियोगमा शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा शिक्षा विकास निर्देशनालय प्रदेश ५ बुटवलका इन्जिनियर सन्दीप पौडेल र जेसीभी चालक विक्रम बस्नेत तथा पश्चिम रुकुम जिल्ला अदालतका नायब सुब्बा रमेशकुमार खड्का छन् ।
 इन्जिनियर पौडेल र चालक बस्नेतले विद्यालय भवन निर्माण सकिएर अन्तिम किस्ता भुक्तानीका क्रममा सेवाग्राहीसँग १ लाख २० हजार रुपैयाँ घूस लिएको पुष्टि भएको थियो ।
जिल्ला अदालत मुसिकोटका नायब सुब्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी दिने क्रममा सेवाग्राहीसित १५ हजार घूस लिएको अनुसन्धानबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारले बताएको छ ।

No comments:

Post a Comment