Thursday, November 28, 2019

अब विकास आयोजनाहरूलाई विस्फोट पदार्थको आपूर्ति सहज : सेना

काठमाडौं, ११ मंसिर– नेपाली सेनाले विकास आयोजनाहरूलाई आवश्यक पर्ने विस्फोटक पदार्थको आपूर्ति प्रक्रिया थप सरल र व्यावहारिक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । आवश्यक विस्फोटक पदार्थ समयमै नपाएका कारण विकासनिर्माण कार्य अघि बढाउन समस्या परिरहेको गुनासो गर्दै आएका विकासे मन्त्रालयका अधिकारी र सरोकारवालाहरूसमक्ष सेनाले आपूर्ति प्रक्रिया व्यावहारिक र सरल बनाउने आश्वासन दिएको हो ।
सेनाको जंगी अड्डाले सरोकारवालाहरूसित बुधबार अन्तक्र्रिया गरी आफ्नो सुनाचारी इमल्सन प्लान्ट र स्वयम्भु बारुदखानाबाट उत्पादित विस्फोटक पदार्थको गुणस्तर र उत्पादन क्षमताको जानकारी दिई आपूर्तिको सुनिश्चितता र वितरण प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
अन्तक्र्रियाका क्रममा विकासे मन्त्रालयका अधिकारी र सरोकारवालाहरूले विस्फोटक पदार्थ प्राप्तिमा भोग्नु परिरहेका समस्या सुनाउँदै समाधानका लागि सेनालाई आग्रह गरेको जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा सेनाले विकास आयोजनाहरूका लागि विस्फोटक पदार्थ प्राप्तिका लागि स्वीकृति प्रक्रियासमेत सहज बनाइएको उल्लेख गरेको छ ।
अन्तक्र्रियाका क्रममा सेनाले सुनाचरी इमल्सन प्लान्टमा हालै आधुनिक मेसिन जडान गरी विस्फोटक पदार्थको उपत्पादन क्षमता २४ सय टन पु¥याएको र मागबमोजिम आपूर्ति गर्न अब सेना सक्षम रहेको जानकारी सरोकारवालाई गराएको छ । कार्यक्रममा विकासे मन्त्रालयका पदाधिकारीहरू र सेनाका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

No comments:

Post a Comment