Wednesday, June 1, 2011

ओएचसीएचआरको म्याद छ महिना थप

काठमाडौं, १८ जेठ- सरकारले नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालय ओएचसीएचआर को म्याद छ महिना थप गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरका अनुसार मन्त्रिपरिषदको बुधबार बसेको बैठकले एक सातापछि म्याद सकिन लागेको ओएचसीएचआरको म्याद छ महिनाका लागि थप गरिएको छ ।
मानव अधिकार आयोगको विरोधका बाबजुद सरकारले ओएचसीएचआरको म्याद थप गरेको हो । नेपालको मानव अधिकारको स्थितिको सुपरिवेक्षण गरी कारबाहीको सिफारिस गर्न आफू सक्षम रहेको उल्लेख गर्दै आयोगले त्यही प्रकृतिको काम गर्न ओएचसीएचआरको म्याद थप्नु आवश्यक छैन भन्दै सरकारलाई दबाब िदंदै आएको थियो । आयोगको आपत्तिलाई बेवास्ता गरी सरकारले ओएचसीएचआरको म्याद थप गरेको हो ।
सरकारले जुम्लास्थित कर्णाली अाचल अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको छ । सबभन्दा विकट स्थानमा रहेको अाचल अस्पतालको विस्तार र अध्ययन÷अध्यापन गराई चिकित्सक उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्न स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने निर्णय गरेको हो ।
कर्मचारी आरोहीलाई २÷२ लाख
सरकारले सबभन्दा उच्च शिखर सगरमाथाको हालै सफल आरोहण गरेका नौ जना निजामती कर्मचारीलाई जनही २÷२ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । तुलाधरका अनुसार सगरमाथाको सफल आरोहण गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरुप मन्त्रिपरिषद्ले जनही २÷२ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सगरमाथाको सफल आरोहण गर्ने निजामती कर्मचारीमा ज्ञानेन्द्रकुमार श्रेष्ठ सन्तकुमार महर्जन हरि गुरागाईं हरि ढकाल सुविर श्रेष्ठ तुलसीराम भण्डारी सुरज पोखरेल पदम भण्डारी र खिमलाल गौतम छन् ।
भट्टराई आश्रमलाई ट्रष्ट बनाइने
स्व। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई जीवनको अन्तिमकालमा ललितपुरको बाँडेगाउँमा बस्दै आएको आश्रमलाई ट्रष्ट बनाउन सरकारले समिति गठन गरेको छ । सरकारका प्रवक्ता तुलाधरले भट्टराई आश्रमलाई ट्रष्ट बनाउन नियमावली बनाउन संसदीय व्यवस्था मन्त्रालयका सचिव प्रमोद कार्की संयोजक मोदराज डोटेल सहसंयोजक रहेको समिति गठन गरेको छ । समितिमा कृष्णगोपाल श्रेष्ठ अरुण सायमी अमिता कपाली छन् । समितिलाई नियमावली बनाउन तीन महिनाको म्याद दिइएको छ ।
प्रेस सल्लाहकारमा भारती
सरकारले सूचना तथा साचार मन्त्रालयको प्रेस सल्लाहकारमा विदुर भारतीलाई नियुक्त गरेको छ । सूचना तथा साचार मन्त्री अग्नि सापकोटाको प्रस्तावमा उनको गृह जिल्ला सिन्धुबासी भारतीलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो । भारती पत्रकारभन्दा पनि माओवादीका मुखपत्रमा बेलाबेलामा लेखरचना लेख्ने जनयुद्ध सुरु हुनुभन्दा अघिदेखिका पार्टीका कार्यकर्ता हुन् ।
इराकमा शान्ति सेना पठाउने निर्णय
सरकारले इराकको किर्कु र बासरा सहरमा राष्ट्रसंघीय शान्ति मिसनमातहतमा नेपाली सेना पठाउने निर्णय गरेको छ । तुलाधरका अनुसार मन्त्रिपरिषद्ले इराकका दुई ठाउँमा गरी १ सय ५० जना नेपाली सेनाको डफ्फा पठाउने निर्णय गरेको छ ।
दुई संस्थानमा नियुक्ति
मन्त्रिपरिषदले टिम्बर कर्पोरेसन र जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा अघिल्लो सरकारका पालामा नियुक्त अध्यक्ष र महाप्रबन्धकलाई हटाई नयाँ नियुक्त गरेको छ । सरकारले टिम्बर कर्पोरेसनको अध्यक्षमा कर्णबहादुर खड्का र महाप्रबन्धकमा भैरवबहादुर िसंहलाई नियुक्त गरेको छ । त्यसैगरी जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धकमा चन्द्रबहादुर शाहीलाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्ले निवर्तमान अर्थराज्यमन्त्री ल्हारक्याल शेर्पाका बारेमा छानबिन गर्न गठित समितिको म्याद आगामी असार १८ गतेसम्मका लागि थप गरेको छ । सरकारले ललितपुरमा मनाइने बाह्रबर्षे खड्गसिद्धि जात्राका लागि १५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।



No comments:

Post a Comment