Wednesday, June 1, 2011

प्रहरी महानिरीक्षक ठकुरी हटाइए, शाह नयाँ महानिरीक्षक

बलराम बानियाँ÷केदार ओझा
काठमाडौ, १८ जेठ- सरकारले नेपाल प्रहरीका प्रमुख रमेशचन्द्र ठकुरीलाई दायित्वविमुख गरी उक्त ठाउँमा अतिरिक्त प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई जिम्मेवारीमुक्त गरी प्रधानमन्त्री कार्यालयको हुँदै नभएको सुरक्षा सल्लाहकार पदमा सरुवा गरेको छ । मन्त्रिपरिषदले नयाँ प्रहरी महानिरीक्षकमा शाहलाई नियुक्त गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
सरकारले प्रहरी महानिरीक्षकमा २०६६ साल फागुन १ मा तीन वर्षका लागि नियुक्त भएका चन्दलाई पदावधि १५ महिना बाँकी छँदै हटाएर शाहलाई जिम्मेवारी दिएको हो । माओवादी-एमाले गठबन्धन सरकारले महानिरीक्षक नियुक्त गरेको भए पनि कमजोर नेतृत्व क्षमता र सुडान घोटाला प्रकरणमा विवादमा मुछिएका कारण उनलाई सोही गठबन्धनले सुरक्षा सल्लाहकारका नाममा जिम्मेवारीबाट हटाएको हो ।
वरिष्ठताका आधारमा यसअघि नै शाह चन्दभन्दा पहिल्यै नै शाह महानिरीक्षक हुनुपर्ने थियो । वरिष्ठताको मतलब नगरी माओवादी-एमाले गठबन्धन सरकारले २०६६ फागुन १ मा वरियताक्रममा पहिलो नम्बरमा रहेका शाहलाई छाडेर दोस्रो नम्बरमा रहेका ठकुरीलाई महानिरीक्षकमा बढुवा गरेको हो । त्यही माओवादी-एमाले गठबन्धन सरकारले ठकुरीलाई हटाई शाहलाई नियुक्त गरेको हो ।
सुडानस्थित शान्ति मिसनमा रहेको प्रहरीलाई आवश्यक सामान खरिदमा ३० करोड रुपैयाँ घोटाला प्रकरणमा छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्लेलाई महानिरीक्षक ठकुरीले आफू अभियोगबाट बच्न ५० लाख रुपैयाँ दिएको खुलासा भएपछि सरकारले उनलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको गृह मन्त्रालयको उच्च स्रोतले उल्लेख गरेको छ । ठकुरीले ५० लाख रुपैयाँ घूस दिएको आरोपमा अख्यितारका सचिव काफ्लेमाथिसमेत कारबाहीको तयारी भइरहेको दाबी मन्त्रिपरिषद स्रोतले उल्लेख गरेको छ ।
नवनियुक्त शाह प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । उनमा धेरै जिल्लामा रहेर कार्य गरेको अनुभव छ । नवनियुक्त महानिरीक्षक शाह सेवा अवधिका आधारमा १५ महिना ११ दिन महानिरीक्षँक हुनेछन् । त्यसपछि प्रहरी महानिरिक्षँकका रोलक्रममा कुवेर राना नवराज ढकाल दिनकर शमशेर भीष्म प्रसाईं छन् । यसअघि सुडान घोटालाको प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्री झलनाथ खनालले पटकपटक ठकुरीलाई पदबाट राजिनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । भ्रष्टाचार र अनियमितताको अभियोगमा प्रहरी प्रमुखले बयान दिन जाँदा सम्पूर्ण प्रहरीको मनोबल गिर्ने भएकाले राजिनामा दिन खनालले ठकुरीलाई सल्लाह दिएका थिए । सुडान घोटला प्रकरणमा अख्तियारमा बयान दिदै आएका ठकुरीले प्रधानमन्त्रीको आग्रहलाई अटेर गर्दै आएका थिए । कमजोर नेतृत्वका बाबजुद २०६६ साल फागुन १ गते नियुक्त भएका चन्दले प्रहरीको नेतृत्व दुई वर्ष चार महिना गरे । सेवाअवधि अनुसार उनी अझै १५ महिना महानिरीक्षँक पदमा बस्थे ।
ठकुरीलाई प्रहरीभित्रै मातहतका अधिकृतहरुको विश्वास लिन नसकेको नेतृत्व क्षमता कमजोर भएको सुडान घोटला प्रक्ररणमा भुक्तानी दिएर मुछिएको जस्तो आरोप लागेको थियो । केही दिन अघिमात्रै गृहमन्त्री महराले प्रहरी मुख्यालयको भ्रमण गर्दा केही उच्च प्रहरी अधिकृतले ठकुरीको कार्यशैली र लाचारीपनबारे ठकुरीकै अगाडि खुलेर बोलेका थिए । चन्दलाई प्रहरी भित्रै निर्णय लिन सक्ने क्षमता नभएको तल्लो निकायका लागि प्रष्ट निर्देशन दिन नसक्ने र माथिका लाई पनि संगठनका हितमा उपयोग गर्न नसक्ने आरोप लाग्दै आएको थियो । उनी संगठनको सम्पूर्ण सरुवा बढुवा र प्रहरी संगठनभित्रको खरीद प्रकि्रयासमेत राजनीतिक नेताको निर्देशनमा गर्दथे ।
पछिल्लो समयमा ठकुरीले गृहमन्त्रीलाई भ्रममा पारी असहयोगीका रुपमा रहेको एआईजीहरुलाई उपत्यकाबाट हटाउन क्षेत्र पठाउने निर्णय गराएका थिए । प्रहरी मुख्यालयमा रहेको सात एआईजीमध्ये ठकुरीको पक्षमा एकजना मात्रै साथ थिए । बाँकी छ जना ठकुरीको कार्यशैलीको खुलेआम विरोध गर्दथे । सहमतिको राष्ट्रिय सरकार बनाउने तीन दलबीच सहमति भइरहेको बेला प्रधानमन्त्री खनालले मन्त्रिपरिषदको बैठकमा ठाडो प्रस्ताव लगी यो निर्णय गराएका हुन । ुठकुरीलाई जति दिन बढी राख्यो उति देशको सुरक्षा स्थिति बिग्रँदै गएको देखिएपछि उनलाई हटाउने निर्णय गरिएको होु प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोत भन्छ ुठकुरीलाई निकैअघि नै हटाउने समझदारी भएको थियो तर जेठ १४ अघि नगरौ भन्ने समझदारीका कारण यो निर्णयमा ढिलाइ भएको हो ।ु
प्रजातन्त्र पुनर्बहालीपछि कमजोर नेतृत्व क्षमता र राजनीतिक पूर्वाग्रहका आधारमा महानिरीक्षकलाई दायित्वविमुख गरिएको यो तेस्रोपटक हो । यसअघि राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र तत्कालीन गृह मन्त्री बामदेव गौतम नेतृत्वका पालामा तत्कालीन महानिरीक्षक अच्युतकृष्ण खरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी ध्रुव प्रधानलाई महानिरीक्षक बनाइएको थियो । चन्द सरकार सात महिनामै ढलेपछि तत्कालीन प्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा नेतृत्वको कांग्रेस सम्मिलित सरकारले प्रधानलाई महानिरीक्षकबाट हटाई पुनः खरेललाई महानिरीक्षक नियुक्त गरेको थियो । चन्द-गौतमको पालादेखि चरम राजनीतिक विभेदका आधारमा महानिरीक्षकको बर्खास्ती र पुनर्बहालीको क्रम सुरु भएपछि अनुशासित प्रहरी संगठनभित्र अस्वभाविक खालको राजनीति प्रवेश गरेको हो ।

No comments:

Post a Comment