Monday, June 13, 2011

हत्या भएका कर्मचारीको परिवारलाई दस लाख

काठमाडौं, ३० जेठ- सरकारले शुक्रबार राति अज्ञात व्यक्तिबाट गोली प्रहार गरी हत्या गरिएका बारा जिल्ला हुलाक कार्यालयका हुलाकी पदमा कार्यरत कर्मचारी धिरिजा महतो कोइरोको पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिबापत १० लाख रुपैयाँ दिने भएको छ । निजामती कर्मचारी संघ÷संगठनका प्रतिनिधिसितको वार्तामा सोमबार सरकारले कोइरीको परिवारलाई राहत दिने सहमति गरेको हो । सहमतिअनुसार मन्त्रिपरिषदले निर्णय गरी कोइरीको परिवारलाई तत्काल क्षतिपूर्ति दिइनेछ ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता विनोद केसीद्वारा सोमबार जारी विज्ञप्तिअनुसार कर्मचारी संघसंगठनसित गरेको सहमतिअनुसार सरकारले कोइरीको परिवारको एक जनालाई रोजगारी दिने परिवारका अन्य सदस्यलाई सीपमूलक तालिम दिने र हत्याको घटनाका सम्बन्धमा छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने भएको छ । कोइरीको हत्याको घटनाको सरकारले निन्दा गरेको छ ।

No comments:

Post a Comment