Monday, June 27, 2011

रक्षा मन्त्रालयमा एउटा सैनिक महाशाखा राख्ने तयारी

बि्रगेडियर जनरल महाशाखा प्रमुख हुने प्रस्ताव
काठमाडौं, १३ असार- सरकारले रक्षा मन्त्रालयमा बि्रगेडियर जनरलको नेतृत्वमा नेपाली सेनाको एउटा महाशाखा राख्ने भएको छ । रक्षा मन्त्रालयको आग्रहमा सामान्य प्रशासन मन्त्रालयले रक्षामा सैनिकमात्र रहने एउटा महाशाखा स्थापना गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने निर्णय गरेको छ ।
सामान्यले एक÷दुई दिनमै उक्त प्रस्ताव निर्णयार्थ मन्त्रिपरिषदमा लाने भएको छ । मन्त्रिपरिषदको निर्णयपछि रक्षा मन्त्रालयमा छुट्टै बिपद व्यवस्थापन नामक सैनिकमात्र रहने महाशाखा स्थापना गरिनेछ । रक्षा मन्त्रालयमा रहने पहिलो सैनिक महाशाखामा बि्रगेडियर जनरल सहायक रथी को नेतृत्वमा २० जना सैनिक राखिनेछन् । यसअघि रक्षामा एक जना पनि सेना रहने व्यवस्था थिएन ।
रक्षा मन्त्रालयले यसअघि आफ्ना सबै महाशाखा र शाखामा निजामती कर्मचारीसँगै सैनिक अधिकारीदेखि जवानसम्म राख्ने प्रस्ताव गरेको थियो । त्यसो गर्दा सैनिकबाट रक्षाको सिभिल प्रशासन प्रभावित हुने प्रश्न निजामती अधिकारीबाटै उठेपछि सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी रक्षा मन्त्रालयमा एउटा छुट्टै सैनिक महाशाखामात्र राख्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने निर्णय गरेको हो ।
छुट्टै एउटा सैनिक महाशाखामात्र स्थापना हुने भएकाले मन्त्रालयका अरु शाखा÷महाशाखामा निजामती कर्मचारीसँगै सैनिक अधिकारी र जवान भने राखिने छैन । सैनिक महाशाखाले रक्षा मन्त्रालय र जंगी अड्डाबीच निरन्तर समन्वयको कार्य गर्ने उद्धेश्य रहेको जानकारी सरकारी अधिकारीले दिए । ती अधिकारीका अनुसार जंगी अड्डाबाट निर्णयका लागि आउने प्रस्ताव र अन्य सुरक्षा मामिलामा रक्षा मन्त्री र सचिवले आवश्यक ठानेमा सैनिक महाशाखाले सल्लाह÷सुझाव दिने कार्यसमेत गर्नेछ ।
बाढीपहिरो भूकम्पजस्ता दैवी प्रकोपका घटना हुँदा महाशाखाले उद्धारलगायतका बिपद व्यवस्थापनमा तीनवटै सुरक्षा संगठनसहित सरकारका सबै अंग परिचालनमा समन्वय र त्यसका लागि आवश्यक रणनीति तय गर्ने कार्यसमेत गर्ने जानकारी ती अधिकारीले दिए ।

No comments:

Post a Comment