Thursday, June 2, 2011

कांग्रेसद्वारा आफ्नो दसबुँदे शर्तलाई शान्ति प्रकि्रयाको मूल आधार बनाउन आग्रह

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले देहाय बमोजिम निर्णय गरेको छ ।
१।संविधानसभाको निर्वाचनपछि गणतन्त्र कार्यान्वयन पश्चात २०६५÷३÷११ मा दलहरुबीच भएको सहमति बमोजिम ६ महिनाभित्र शान्ति प्रकृया सम्पन्न गरिसक्नु पर्नेमा ३ वर्ष व्यतित भैसक्दा पनि यस विषयमा ठोस उपलब्धी हासिल हुन सकेको छैन । संविधान निर्माणमा देखिएका मूलभूत विवादका विषयमा पनि सहमति बन्न सकेको छैन । संविधान निर्माण शान्ति प्रकृयाको अन्तिम कार्य भएकोले शान्ति प्रकृयाका विषयहरु समाधान नभएको अवस्थामा राष्ट्रिय सहमतिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी हुन सक्दैन भन्ने कुरा स्पष्ट छ । यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले शान्ति प्रकृया कार्यनीति र १० वुँदे प्रस्ताव पारित गरी एनेकपा माओवादी लगायत सबै राजनीतिक दलहरुसँग सम्वाद अघि बढाएको थियो । लामो छलफल पछि संसदमा ५ वुँदे सहमतिका आधारमा शान्ति प्रकृयालाई ३ महिनामा सम्पन्न गर्ने सहितको सहमति बमोजिम ३ महिनाका लागि संविधानसभाको कार्यकाल थप भएको छ । नेपाली कांग्रेसले प्रस्तुत गरेको १० वुँदे मार्गचित्र बमोजिम कार्यहरु सम्पन्न गरेर नै शान्ति प्रकृयाका मूलभूत काम सम्पन्न हुन्छ भन्ने नेपाली कांग्रेसको ठहर छ । यसै ठहर बमोजिम संसदमा भएको ५ वुँदे सहमति कार्यान्वयन गर्ने कार्य सम्पन्न गर्न अग्रसरता िलंदै नेपाली कांग्रेस सबै राजनीतिक दलहरुसँग वार्ता प्रारम्भ गर्ने निर्णय गर्दछ । ५ वुँदे सहमति भित्र रहेको अन्तरनिहित विषयवस्तुहरुलाई कार्यतालिका सहित तत्काल कार्यान्वयन गर्ने काम शुरु गर्न सम्बद्ध पक्षहरुलाई नेपाली कांग्रेस आग्रह गर्दछ ।
२।शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधान - नेपाली कांग्रेसको राष्ट्रिय अभियान नाराका साथ पार्टीले मिति २०६८÷१÷११ मा पोखराबाट शुरु गरी विभिन्न ठाउँहरुमा आमसभा गर्दै जेठ ६ गते काठमाडौँमा सम्पन्न भएका केन्द्रीय आमसभाहरु र ३८ वटा जिल्ला स्तरीय आमसभाहरु जनताको विशाल सहभागिता सहित सफलतापूर्वक सम्पन्न भएका छन् । पार्टी भातृ संस्था शुभेच्छुक संस्थाका सबै तहका साथीहरु यी कार्यक्रमहरुमा सम्पूर्ण रुपले कि्रयाशील रहनु भएको छ । प्रचार-प्रसारमा पत्रकार जगतको अत्यन्त ठूलो सहयोग प्राप्त भएको छ । यी कार्यक्रमहरुबाट शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधानको पक्षमा व्यापक जनमत निर्माण भएको छ । देशव्यापी रुपमा सम्पन्न गरिएका उक्त कार्यक्रमहरुमा सहयोग पुर् याउने सहभागी हुने कि्रयाशील हुने सबैमा नेपाली कांग्रेस हार्दिक धन्यवाद प्रकट गर्दछ । आगामी दिनहरुमा संचालन गरिने पार्टीका कार्यक्रमहरुमा अझ बढी सशक्त सहयोग र सहभागिताका लागि यो बैठक सम्बन्धित सबैसँग हार्दिक अपील गर्दछ ।

समवेदना
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङका पूर्व कोषाध्यक्ष एवं नेपालका प्रसिद्ध उद्योगपति तथा टीएम दुगड ग्रुपका अध्यक्ष तोलाराम दुगडको ८१ वर्षको उमेरमा गत जेठ १५ गते नक्साल काठमाडौँमा भएको निधन र प्रसिद्ध उद्योगपति समाजसेवी एवं नेपाली कांग्रेसका शुभचिन्तक कृष्णगोपाल टण्डनको ९६ वर्षको उमेरमा आज जेठ १९ गते नेपालगाज स्थित आफ्नै निवासमा भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख प्रकट गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति कार्यसमितिको यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०६८ जेठ २३ गते सोमबार दिनको १ः०० बजे पुनः बस्नेछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव

जेठ १९ २०६८

No comments:

Post a Comment