Sunday, June 5, 2011

माथिल्लो कर्णालीमा सेना परिचालन गरिने

काठमाडौं, २२ जेठ- सरकारले निर्माणाधीन माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने तयारी सुरु गरेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ऊर्जा मन्त्री गोकर्ण बिष्टले आफ्नो मन्त्रालयले रक्षा मन्त्रालयलाई सेना परिचालन गरेर माओवादीलगायतको समूहबाट बारम्बार आक्रमणको चपेटामा परेको माथिल्लो कर्णाली आयोजनाको सुरक्षा प्रबन्ध मिलाउन लिखित आग्रह गरेको जानकारी दिए ।
ुविदेशी तथा स्वदेशी लगानीका आयोजनालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध छ असुरक्षाको समस्या भोगिरहेको माथिल्लो कर्णाली आयोजनामा सुरक्षाको प्रबन्ध मिलाउन सेना परिचालन गर्न ऊर्जाले रक्षा मन्त्रालयलाई लिखित आग्रह गरिसकेको छु ऊर्जा मन्त्री बिष्टले भने ।
ग्लोबल प्रतिस्पर्धाबाट छानिएको भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाइरहेको छ । माओवादी कार्यकर्ताको नेतृत्वमा आयोजनाका कार्यालय भवनमा आक्रमण र आगलागी गरी क्षति पुर् याइएपछि उक्त आयोजनाको काम स्थगित गरिएको छ । बैठकपछि संवाददाताहरुको जिज्ञासामा बिष्टले संसारका विभिन्न मुलुकमा विद्युत् आयोजनाको सुरक्षाका लागि सेना परिचालन गर्ने प्रचलन रहेकोसमेत बताए । उच्च स्रोतका अनुसार मन्त्रिपरिषदले समेत विद्युत् आयोजनाहरुको सुरक्षार्थ सबै सुरक्षा निकाय परिचालन गर्न सकिने निर्णय गरिसकेको छ । आयोजनाको सुरक्षा गर्न आवश्यक परेमा सेनासहित सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय मन्त्रिपरिषदको छ । रक्षा मन्त्रालयले माथिल्लो कर्णालीको सुरक्षार्थ गृहकार्य सुरु गरिसकेको जानकारी ऊर्जा मन्त्रालय स्रोतले दिएको छ ।
गृह मन्त्रालयले माथिल्लो कर्णालीको सुरक्षार्थ सशस्त्र प्रहरी परिचालनको प्रकि्रया सुरु गरिसकेको छ तर ऊर्जा मन्त्रालय भने त्यहाँ सेना नै परिचालन गर्ने पक्षमा रहेको स्रोतले उल्लेख गरेको छ । ुनेपाल प्रहरी या सशस्त्र प्रहरीले आक्रमण भएमा लाठीचार्जलगायतको बल प्रयोग गर्न र गोली चलाउन स्थानीय प्रशासनको निर्देशन आवश्यक हुन्छ आक्रमण सुरु भइसकेपछि निर्देशन खोज्नुपर्ने बाध्यताले आयोजनालाई सुरक्षा दिन सिकंदैनु ऊर्जाका एक अधिकारीले भने- ुसेना परिचालन गर्ने हो भने प्रहरीले जस्तो आदेश पर्खनुपर्दैन आवश्यकताअनुसार तुरुन्तै बल प्रयोगलगायतका कदम चाल्न सक्छ त्यही कारण ऊर्जा मन्त्रालयले माथिल्लो कर्णालीमा सेना परिचालन गर्न मन्त्रिपरिषदको निर्णयअनुसार रक्षा मन्त्रालयलाई आग्रह गरेका हौं ।ु

No comments:

Post a Comment