Wednesday, June 22, 2011

रिमाल र गुरुङलाई मानार्थ महासेनानीको सम्मान र पुरस्कार

फत्तेमानलाई नगद पुरस्कार दिने निर्णय
काठमाडौं, ८ असार- सरकारले सैनिक गानका रचयिता स्वर्गीय गोपालप्रसाद रिमाल तथा त्यसका गायक फत्तेमान राजभण्डारी र सह-गायक एवं संगीतकार अमर गुरुङलाई विशेष सम्मानसहित नगद पुरस्कार दिने भएको छ । रिमालले रचना गरेको ुरातो र चन्द्र सूर्य जंगी निशान हाम्रोु गीतमा गुरुङले संगीत दिएका थिए । उक्त गीत फत्तेमान र गुरुङले गाएका हुन् । नेपाली सेनाको प्रस्तावमा सरकारले उनीहरुले पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाले त्यही गीतलाई आफ्नो सैनिक गान बनाएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सैनिक गानका रचयिता गायक र संगीतकारलाई मानार्थ सैनिक सम्मानसहित नगद पुरस्कार दिने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए । उनका अनुसार सरकारले स्व। रिमाललाई मृत्युपर्यन्त नेपाली सेनाको मानार्थ महासेनानीको सम्मान र सैनिक कल्याण कोषबाट उनको परिवारलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।
उक्त गीतमा स्वरका अतिरिक्त संगीतसमेत दिएका संगीतकार गुरुङलाई समेत मन्त्रिपरिषदले सेनाको मानार्थ महासेनानीको सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ । उक्त गीतका गायक फत्तेमानलाई भने नगद पुरस्कारमात्र दिने निर्णय भएको जानकारी तुलाधरले दिए । नगद पुरस्कार कति र कहिले दिने भन्ने निर्णय सेनाको प्रस्तावमा सरकारले तय गर्नेछ ।
प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
केन्द्रीय कारागारभित्रै प्रवेश गरी भारतीय अपराधीले बन्दी युनुस अन्सारीमाथि गोली चलाएको घटनापछि समग्र कारागारको सुरक्षा अवस्थाको अध्ययन गरी लापरवाही गर्नेमाथि कारबाहीको सिफारिस र सुधारका उपाय सुझाउन गठित छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
समितिले गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषदले गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी तुलाधरले दिए । कारागारभित्र गोली चलेको घटनापछि सरकारद्वारा गठित पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी अध्यक्ष रहेको छानबिन समितिले केही दिनअघि आफ्नो प्रतिवेदन दिएको थियो ।
खुल्ला विश्वविद्यालय तयारीको जिम्मा समितिलाई
सरकारले खुल्ला विश्वविद्यालय स्थापनाको कार्ययोजना बनाउन शिक्षा सचिवको संयोजकत्वमा गठित समितिलाई विश्वविद्यालय साचालनसम्बन्धी कार्यको समेत संयोजन गर्ने जिम्मा दिएको छ । खुल्ला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक संसदमा विचाराधीन छ । उक्त विधेयक पारित हुनासाथ विश्वविद्यालय साचालन गर्ने आधार तय गर्ने जिम्मा समितिलाई दिइएको जानकारी शिक्षा मन्त्रीले दिए ।
विश्व बैंकले २१ करोड सहयोग गर्ने
विश्व बैंकले वन्य जन्तु संरक्षणका लागि २१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । मन्त्रिपरिषदले विश्व बैंकसहित विभिन्न दाताबाट सहयोग लिने सहमति दिई त्यससम्बन्धी वार्ता अघि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको जानकारी तुलाधरले दिए ।

No comments:

Post a Comment