Tuesday, June 28, 2011

भवन विभाग र उपत्यका नगरका प्रमुख फेरिए

काठमाडौं, १४ असार- भौतिक योजना तथा निर्माण मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक र उपत्यका नगर विकास समितिको प्रमुख परिवर्तनसहित तीन सहसचिवको सरुवा गरेको छ । भौतिक योजनाले मन्त्रीस्तरीय निर्णय गराई विभागका महानिर्देशक अशोकनाथ उप्रेतीलाई एक वर्षमै हटाई उपत्यका नगर विकास समितिमा सरुवा गर्न सामान्य प्रशासन मन्त्रालयको सहमति मागेको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार विभागको महानिर्देशकमा उपमहानिर्देशक महेन्द्र सुब्बालाई बढुवा गरिएको छ । भौतिक योजनाले उपत्यका नगर विकास समितिका प्रमुख गिरिजा गोर्खालीलाई भवन विभागको उपमहानिर्देशकमा सरुवा गर्ने निर्णय गरी सामान्य मन्त्रालयसित सहमति मागेको छ । समितिको प्रमुखमा उप्रेतीलाई सरुवा गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ ।

No comments:

Post a Comment