Sunday, June 5, 2011

पश्चिम सेतीको लाइसेन्स खारेज हुने

काठमाडौं, २२ जेठ- ऊर्जा मन्त्री गोकर्ण बिस्टले आफ्नो मन्त्रालयले पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न वेस्ट सेती हाइड्रो लिमिटेडलाई दिइएको अनुमतिपत्र खारेज गर्ने प्रकि्रया अघि बढाएको बताएका छन् । २० वर्षदेखि आयोजना ओगट्दै आएको वेस्ट सेती हाइड्रो लिमिटेडले मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा लगानीको स्रोत जुटाउन सक्तिन भनेको उल्लेख गर्दै उनले आयोजनाको निर्माण कार्य कहिल्यै सुरु नहुने तर लाइसेन्सको म्याद भने थपिइरहने प्रवृत्ति ऊर्जा मन्त्रालयले अन्त्य गर्न लागेको बताए ।
संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा बिष्टले मन्त्रालयले वेस्ट सेती हाइड्रो पावर लिमिटेडलाई आइतबार नै पत्र पठाएर १५ दिनभित्र लगानीको स्रोत जुटाउन फाइना_िन्सयल क्लोजर गर्न नसके पश्चिम सेतीको अनुमतिपत्र खारेज गरिने जानकारी दिएको बताए । उनले यसअघि नै एक महिनाको म्याद राखी सोधिएको स्पष्टीकरणमा वेस्ट सेती हाइड्रो पावर लिमिटेडले लगानीको स्रोत जुटाउन नसक्ने उल्लेख गरिसकेकाले अबको १५ दिनमा उसले फाइना_िन्सयल क्लोजर गर्न नसक्ने स्थिति रहेकाले उसको अनुमतिपत्र रद्द गरिने बताए ।
ुजुन उद्धेश्य र शर्तमा पश्चिम सेतीको लाइसेन्स दिई आयोजना अघि बढाउनेसम्बन्धमा वेस्ट सेती कम्पनीसित सम्झौता नवीकरण हुँदै आएको थियो २० वर्षमा पनि आयोजना अघि बढ्न सकेन । त्यही कारण ऊर्जा मन्त्रालयले आजै आइतबार नै वेस्ट सेतीलाई पत्र पठाई ुआजको मितिबाट १५ दिनभित्र फाइना_िन्सयल क्लोजर गर्न नसके अनुमतिपत्र र सम्झौता किन रद्द नगर्ने ु भनेर दोस्रोपटक स्पष्टीकरण सोधेका छौंु उनले भने ुआयोजना कहिल्यै साचालन गर्न नसक्ने तर मन्त्रालयले भने लाइसेन्स र सम्झौता नवीकरण गरिदिइरहने प्रवृत्ति मन्त्रालयले अब अन्त्य गर्छ ।ु
अस्ट्रोलियाई कम्पनी स्मेकले २० वर्षअघि ७ सय ५० मेगावाटको उक्त आयोजनाको लाइसेन्स लिएको हो । लगानी जुटाउन हरेक वर्ष समय माग्दै स्मेकका तर्फबाट वेस्ट सेती हाइड्रो पावर लिमिटेडले अनुमतिपत्र र सम्झौता नवीकरण गर्दै आएको छ । पछिल्लो सम्झौताको म्याद सन् २०१० डिसेम्बरमा सकिइसकेको छ ।
बिष्टले संवाददाताहरुको जिज्ञासामा बिष्टका कम्पनीका कार्यकारी प्रमुखलाई कानुनी प्रकि्रया पुर् याएर पश्चिम सेतीको सम्झौता रद्द गर्ने संकेत दिइसकिएको जानकारी दिए । ऊर्जा मन्त्रीका अनुसार वेस्ट सेती हाइड्रो पावरले आफूले आयोजनामा हालसम्म गरेको लगानी फिर्ता मागेको छ । उक्त आयोजनामा २० मिलियन अमेरिकी डलर खर्च भएको दाबी उसको छ ।

No comments:

Post a Comment