Wednesday, June 15, 2011

निजामती प्रशासन ग्यास च्याम्बर बनेको छ : सचिव

काठमाडौं, १ असार- सरकारी उच्च अधिकारीले राजनीतिक नेतृत्वको गलत प्रवृत्तिका कारण निजामती प्रशासन 'ग्यास च्याम्बर' बनेको दाबी गरेका छन् । लोकसेवा आयोगको बुधबार राजधानीमा आयोजित ६१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सचिव श्याम मैनालीले निजामती प्रशासन ग्यास च्याम्बर बनेको दाबी गरेका हुन् ।
'अन्तरआत्माले माने पनि नमाने पनि कानुनले मिले पनि नमिले पनि बोल्ने भगवानहरु मन्त्री÷राजनीतिक नेता ले भनेपछि मान्नैपर्छ । नमाने अन्यत्रै लखेटिनुपर्छु लोकसेवा आयोगका सचिव मैनालीले भने- ुतपाईंहरु कार्यक्रममा उपस्थित लोकसेवाका पूर्व र वर्तमान पदाधिकारी तथा मुख्सचिव ले आपत्ति नमान्नुहोला । निजामती प्रशासन ग्यास च्याम्बर बनिसकेको छ ।' उनले शाखा अधिकृत भएदेखि आफूले अहिलेसम्म अनेका अप्ठ्यारा र उकालीओराली भोग्दै आएको अनुभव सुनाउँदै भने- 'कहिलेकाहीँ त राजिनामा दिऊँजस्तो लाग्छ तर मसँग जागिर छाड्न तत्कालीन अर्थसचिव रामेश्वर खनालको जस्तो ठूलो छाती छैन ।' मैनालीले आफूलाई बोल्ने भगवान राजनीतिक नेता नभएको लोकसेवा आयोगमा सरुवा गरिदिएकामा मुख्यसचिव माधव घिमिरेमार्फत् सरकारलाई धन्यवाद दिए । 'यहाँ लोकसेवामा मा बोल्ने भगवानहरु फेला पारिन । यो बौद्धिक अभ्यास हुने विशेषज्ञ भेला हुने थलो रहेछ यहाँ सरुवा गरिदिएकामा मुख्यसचिवमार्फत् सरकारलाई धन्यवाद दिन्छ' उनले भने ।
लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेलले सेवा करारमा लिने कानुनी व्यवस्थाको सरकारले दुरुपयोग गरिरहेको बताए । कानुनमा कार्यालय सहायक÷चालक आदिमा बाहिरी कम्पनीसित सेवा करारमा लिने व्यवस्थाविपरीत मन्त्री र सचिवहरुले धमाधम व्यक्ति करारमा लिएर लोकसेवालाई छल्ने काम गरिरहेको आरोप उनले लगाए । उनले निजामती सेवामा योग्य मानिसलाई प्रवेश गराउन विश्वविद्यालयहरुका उत्कृष्ट विद्यार्थीलाई सोझै सरकारी सेवामा प्रवेश गराउने कतिपय देशमा रहेको प्रचलनलाई नेपालमा पनि भित्र्याउनुपर्ने धारणा व्यक्त गरे ।
लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष कयोंदेवी यमीले स्वदेशभित्र खान पुग्ने तलबसुविधाको कर्मीले योग्य जनशक्तिको विदेश पलायन ब्रेन ड्रेन भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्न तलबसुविधा र वृत्ति विकासलाई बढाएर निजामती सेवालाई आकर्षक बनाउनुपर्ने बताइन् । सार्कस्तरमै नेपालमा तलबभत्ता सबभन्दा कम रहेको उल्लेख गर्दै यमीले विदेश भ्रमणमा जाँदा समकक्षीहरुले कति तलब छ भनेर सोधिदेलान् भनेर आफूलाई डर लाग्ने गरेको बताइन् ।
मुख्यसचिव घिमिरेले निजामती कर्मचारीजस्तै शिक्षक नेपाली सेना प्रहरीलगायत गरी राज्यको ढुकुटीबाट तलब खाने ६ लाख राष्ट्रसेवक रहेको र ती सबै सेवालाई आकर्षक र प्रतिस्पर्धी बनाउन सेवा प्रवेश लोकसेवा आयोगको ढोकाबाट गर्नुपर्ने बताए । ुसबै सेवाको प्रवेशमा निष्पक्षता र जनताको समान पहुँच बनाउन पनि सबै राष्ट्रसेवकको छनोट लोकसेवाको ढोकाबाट हुनुपर्छु उनले भने- 'सेना प्रहरीलगायतमा अर्कै छनोट प्रकि्रया अपनाउँदा म राष्ट्रसेवक हुँ भन्ने धरातल कमजोर भएको छ ।'

No comments:

Post a Comment