Friday, June 10, 2011

विजयी टोलीका खेलाडीलाई जनही ५० हजार पुरस्कार

काठमाडौं, २७ जेठ- सरकारले एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता फाइनल चरणमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय फुटबल टोली र साफ च्याम्पियन हुन सफल महिला टिमलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले वजयी दुवै टिमका ३९ जना खेलाडीलाई ५० हजारका दरले प्रशिक्षक ५ जनालाई २५ हजार रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ ।
खेलकुद परिषदमा ५ सदस्य नियुक्त
सरकारले खेलकुद परिषदमा ५ जना सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदको शुक्रबार अपराह्न बसेको बैठकले परिषदमा सदस्य नियुक्त गरे पनि सदस्यसचिव भने नियुक्त गरेको छैन । शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता गंगालाल तुलाधरका अनुसार परिषदमा नियुक्त सदस्यमा काभ्रेका इन्द्रबहादुर थिङ, ललितपुरका मुकुन्दबहादुर पहरी. रुकुमका पहलिसंह घर्ती मगर, झापाका कुसुककुमारी श्रेष्ठ र सिन्धुपाल्चोकका नम्बर शेर्पा छन् । यी सदस्यमध्येबाट सदस्यसचिव नियुक्त गरिनेछ ।

No comments:

Post a Comment