Saturday, June 4, 2011

गृहद्वारा ५० जनाभन्दा बढी अधिकारीको सरुवा

काठमाडौं, २१ जेठ– गृह मन्त्रालयले ३० प्रजिअ र दुई महानिर्देशकसहित मन्त्रालयमातहतका करिब ५० जना अधिकारीको सरुवा गरेको छ । यसअघि एमालेका नेता भीम रावलले सम्हाल्दै आएको मन्त्रालयमा माओवादी नेता कृष्णबहादुर महरा मन्त्री भएर आएको एक महिनामै ठूलो संख्यामा गृहका उच्च अधिकारीहरुको हेरफेर गरिएको जानकारी स्रोतले दिएको छ । रावलको पालाका गृह सचिव गोविन्द कुसुम र नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द ठकुरीलाई अन्यत्र सारी सचिवमा लीलामणि पौडेल र महानिरीक्षकमा रवीन्द्रप्रताप शाहलाई ल्याएपछि मन्त्री महराले ठूलो मात्रामा सरुवा गरी मन्त्रालय विभाग र जिल्ला प्रशासनजस्ता महत्वपूर्ण निकायमा आफू अनुकूलका अधिकारीलाई जिम्मेवारी दिएका हुन् । सरुवा भएका सबै जनालाई फ्याक्समार्फत् पत्र पठाई शनिबार नै जानकारी दिइएको स्रोतले उल्लेख गरेको छ ।
रावलको पालामा महत्वपूर्ण विभाग महाशाखा कार्यालय र आकर्षक जिल्लाका प्रमुख रहेकामध्ये केहीलाई अतिरिक्त समूह र धेरैजसोलाई कम आकर्षक ठाउँमा सरुवा गरिएको छ । प्रथम श्रेणी सहसचिव प्रमुख रहने ३० जिल्लामध्ये काठमाडौं मोरङ ललितपुर चितवन र कास्कीको प्रजिअको मात्र सरुवा गरिएको छैन । उपसचिव प्रमुख हुने बाँकी धेरैजसो जिल्लाका प्रजिअको सरुवा गर्ने तयारीसमेत भइरहेको जानकारी स्रोतले दिएको छ ।
स्रोतका अनुसार गृह मन्त्रालय मातहतका अध्यागमनसहित दुई विभागका महानिर्देशक सरुवा गरिएको छ । अध्यागमन विभागका महानिर्देशक नारायण साजेललाई दायित्वविमुख गरी गृह मन्त्रालयमा अतिरिक्त समूहमा सारिएको छ भने उनको ठाउँमा सहसचिव जन्मजय रेग्मीलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । रेग्मी यसअघि प्रहरी किताबखानाका महानिर्देशक थिए । क्षेत्रीय प्रशासन कार्यालय हटौंडाका सहक्षेत्रीय प्रशासक लवराज श्रेष्ठलाई प्रहरी किताबखानाको महानिर्देशकमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयको महत्वपूर्ण मानिने कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सहसचिव मोहनकृष्ण सापकोटालाई ल्याई छ । उक्त महाशाखा प्रमुख प्रेम राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएपछि रिक्त पदमा श्रम विभागका महानिर्देशक सापकोटालाई सरुवा गरी ल्याइएको हो ।
गृह मन्त्रालयले रातो पोसपोर्ट दुरुपयोगमा सभासदहरुलाई सहयोग गरेको अभियोग लागेपछि फरार भएका त्रिभुवन विमानस्थल अध्यामन कार्यालयका प्रमुख षडानन्द ढकाल र चीनमा ुनेसनल डिफेन्स कोस्रु अध्ययनमा गएका धनकुटामा पदाधिकार भएका सहसचिव यादवप्रसाद कोइरालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धानमाथि ढकालविरुद्ध सभासदको रातो पासपोर्ट नक्कली व्यक्ति विमानस्थलबाट विदेश उड्दा सहयोग पुर् याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
धनुषाका प्रजिअ डा। कमलेशकुमार सिन्हालाई कपिलवस्तुमा क्षेत्रीय प्रशासन कार्यालय पूर्वााचलका वीरेन्द्रकुमार यादवलाई धनुषाको प्रजिअमा कपिलवस्तुको प्रजिअ लक्ष्मणकुमार थापालाई रुपन्देहीमा रुपन्देहीका प्रजिअ तारानाथ गौतमलाई पसा्रमा सरुवा गरिएको छ । पसा्रका प्रजिअ नागेन्द्र झालाई भूमिसुधार मन्त्रालयमा फिर्ता गरिएको छ उनी नापीका प्राविधिक सहसचिव हुन् ।
नवलपरासीका प्रजिअ हरिराज पन्त क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको सहक्षेत्रीय प्रशासकमा झापाका प्रजिअ शशिशेखर श्रेष्ठलाई नवलपरासीमा उदयपुरका कुमार श्रेष्ठलाई धनकुटामा नयाँ सहसचिवद्वय गेहनाथ भण्डारीलाई झापा र वीरबहादुर राईलाई उदयपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।
सुनसरीका प्रजिअ रामप्रसाद थपलियालाई सर्लाहीमा कैलालीका प्रजिअ नारायणप्रसाद बिडारीलाई सिराहामा बाँकेका प्रजिअ वासुदेव दाहाललाई काचनपुरमा काचनपुरका प्रजिअ बुद्धिबहादुर खड्कालाई रौतहटमा सरुवा गरिएको छ भने नयाँ सहसचिवहरु गोकणमणि दवाडीलाई सप्तरीमा कैलाशकुमार बजिमयलाई कैलालीमा कृष्णचन्द्र घिमिरेलाई बाँकेमा चूडामणि शर्मालाई सुनसरीमा शंकर अर्याललाई महोत्तरीमा रुद्रनाथ बस्याललाई काभ्रेमा प्रेमबहादुर खापुङलाई डोटीको प्रजिअमा पदस्थापन गरिएको छ ।
सहसचिवहरु वसन्त भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुख ध्रुवप्रसाद ढकाललाई क्षेत्रीय प्रशासन कार्यालय हटौंडा खड्गबहादुर चापागाईंलाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा शिवहरि उपाध्यायलाई क्षेत्रीय प्रशासन कार्यालय पोखरामा सरुवा गरिएको छ । गृह मन्त्रालयले पहिलोपटक सबै जिल्लामा प्रथम श्रेणीका अधिकृतलाई कन्फर्म प्रजिअ बनाएको छ । सशस्त्र द्वन्द्व सुरु भएयता विभिन्न जिल्लामा कामु प्रजिअ रहने गरेका थिए ।
पछिल्लोपटक सात जिल्लामा कायममुकायम प्रजिअ चलाइरहेका सात जना उपसचिवलाई मन्त्रालयमा तानिएको छ । कामु प्रजिअबाट काजमा सरुवा भएकामा कैलाशनाथ खरेल भवानी पराजुली वीरेन्द्रबहादुर बानियाँ शम्भुप्रसाद घिमिरे तेजप्रसाद पौडेल रामप्रसाद घिमिरे र कालीप्रसाद पराजुली छन् उनीहरु क्रमशः सप्तरी डोटी सिराहा सर्लाही महोत्तरी रौतहट र धनकुटामा कामु प्रजिअ थिए ।

No comments:

Post a Comment