Monday, June 6, 2011

दुई महानिर्देशकसहित १६ सहसचिवको सरुवा

काठमाडौं, २३ जेठ- सरकारले दुई विभागका महानिर्देशकसहित १६ सहसचिवको सरुवा गरेको छ । स्रोतका अनुसार िसंचाइ मन्त्रालयका सहसचिव महेन्द्रबहादुर गुरुङलाई विद्युत् विकास विभागको महानिर्देशकमा सरुवा गरिएको छ । यसअघिका महानिर्देशक सुनिलबहादुर मल्ललाई ऊर्जा तथा शक्ति आयोगमा सरुवा गरिएपछि रिक्त भएको पदमा गुरुङलाई लगिएको हो ।
जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक खोमराज दाहाललाई िसंचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने महानिर्देशकमा सोही विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सुई कमल रेग्मीलाई बढुवा गरिएको छ । मध्यमााचल क्षेत्रीय िसंचाइ निर्देशक प्रकाश पौडेललाई विभागको सुईमा सरुवा गरिएको छ । क्षेत्रीय निर्देशकमा विभागका सुई प्रदीपराज पाण्डेलाई सरुवा गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयका सहसचिव उद्धव बाँस्कोटालाई वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । बाँस्कोटाको सम्हाल्दै आएको प्रशासन महाशाखामा सामान्य प्रशासनमै अतिरिक्त समूहमा रहेका गेहनाथ गौतमलाई ल्याइएको छ । वातावरण मनत्रालयका सहसचिव पुरुषोत्तम घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । वन मन्त्रालयका सहसचिव उपेन्द्र अधिकारीलाई योजना आयोगमा सरुवा गरिएको छ भने वनमा हालै सहसचिवमा बढुवा भएका एकनारायण अर्याललाई लगिएको छ । सहसचिवद्वय प्रेम राई शिक्षा मन्त्रालय र ज्ञानदर्शन उदासलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ ।

No comments:

Post a Comment