Wednesday, June 22, 2011

राना अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा

काठमाडौ, ८ असार- सरकारले नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षकमा कुवेरसिंह रानालाई बढुवा गरेको छ । बढुवासंगै उनलाई महानगरीय प्रहरी आयुक्तमा पदस्थापन गरेको छ ।
रविन्द्रप्रताप शाह प्रहरी महानिरीक्षक भएपछि नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक पद रिक्त रहेको थियो । रिक्त पदमा नायव महानिरीक्षकहरु मध्येका वरियताक्रममा एक नम्बरमा रहेका रानाको बढुवा गरिएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले जानकारी दिए ।
यसअघि महानगरीय प्रहरी आयुक्त रहेका अर्जुनजङ्ग शाही सुडान काण्डमा मुछिएर निलम्बित भएपछि उक्त स्थान खाली रहेको थियो । एआईजीमा बढुवा भएका राना प्रहरीभित्र क्षमतावान र स्वच्छ छविका रुपमा चिनिन्छन् ।
वर्तमान महानिरीक्षक शाहको अवकाशपछि यो बढुवासँगै रानाको महानिरीक्षक हुने बाटो प्रशस्त भएको छ ।   

No comments:

Post a Comment