Thursday, June 2, 2011

कांग्रेस बैठक : विरोधका बीच पाँचबुँदे सहमति अनुमोदन

सहमति कार्यान्वयन गर्न सबैसित वार्ता थाल्ने निर्णय
काठमाडौं, १९ जेठ- प्रमुख प्रतिपक्षी कांग्रेसले शान्ति प्रकि्रया मूलभूत आधार आफ्नो पार्टीले अघि सारेको १० बुँदे मार्गचित्रलाई बनाउनुपर्ने ठहर गर्दै पाँचबुँदे सहमति तत्काल कार्यान्वयन गर्न सबै दलसित अविलम्ब वार्ता प्रारम्भ गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले संविधानसभाको म्याद थप गर्दा प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिलाई विरोधका बीच अनुमोदन गरी त्यसलाई कार्यान्वयन गर्न पार्टीले अग्रसरता लिने निर्णय गरेको हो ।
कांग्रेसले पाँचबुँदे सहमतिभित्र रहेका शान्ति प्रकि्रयालाई अघि बढाउने संविधानको मस्यौदा र तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयवस्तुलाई कार्यतालिकासहित तत्काल बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसले सहमतिलाई कार्यतालिका बनाएर कार्यान्वयन गर्नका लागि तत्काल काम थाल्न सम्बद्ध सबै दललाई आग्रह गरेको छ ।
कांग्रेसले संविधान निर्माण शान्ति प्रकि्रयाको अन्तिम कार्य भएकाले शान्ति प्रकि्रयाका विषय समाधान नभएको अवस्थामा राष्ट्रिय सहमतिका साथ संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान जारी हुन नसक्ने ठहरसमेत गरेको छ ।
दुई दिन बसेको बैठकमा बोल्ने ४२ जनामध्ये अर्जुननरिसंह केसीसहित २० जना केन्द्रीय सदस्यले कांग्रेसले अघि सारेको १० बुँदे मार्गचित्रअनुसार सहमति गर्न नसकेकामा अरु दलसित वार्तामा संलग्न नेताहरुप्रति रोष प्रकट गरेका थिए ।
पार्टीका वार्ताकारहरु आफैंमा विभाजित भएको र वार्तामा उनीहरुको प्रस्तुति कमजोर भएको तर्कसमेत उनीहरुको थियो । उनीहरुले बाह्रबुँदे समझदारी शान्ति सम्झौतादेखि हालसम्म भएका कुनै पनि सहमतिको पालना नगर्ने माओवादीलाई हतियार नबुझाईकन कसरी विश्वास गरेर सहमति गरेको भन्दै आलोचना गरेका थिए ।
ुपार्टीका नेताहरुले मुलुकमा ६ वटा प्रमुख सहरमा आयोजित आमसभाहरुमा दसबुँदे मार्गचित्रअनुसार माओवादी सेनाका शिविर खाली गर्ने र उनीहरुका हतियार राज्यलाई बुझाउनेलगायतका कार्य भएपछिमात्र संविधानसभाको म्याद थप गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए दसबुँदेका एउटा पनि माग पूरा नभई जनताका सामु गरेको वाचा र पार्टीलाई निर्णयलाई बिसे्रर किन सम्झौता गर्नुभएको ु भन्ने प्रश्न उनीहरुले गरेका थिए । पार्टी संविधानसभा विघटनकै पक्षमा जानुपथ्र्यो भन्ने अडान भने कसैले पनि नरोखेको स्रोतले उल्लेख गरेको छ ।
पार्टीका नेताहरुले शान्ति प्रकि्रयाको मूलभूत आधार आफ्नो दसबुँदे मार्गचित्रलाई बनाउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरुले सहमतिलाई अनुमोदन गर्ने निर्णयमा लिखित असहमति जाहेर नगरेको जानकारी बैठकका एक सहभागीले दिए ।
कांग्रेसले ुशान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधान ः नेपाली कांग्रेसको राष्ट्रिय अभियानु नाराका साथ पार्टीले देशका विभिन्न भागमा गरेका ७ वटा केन्द्रीय आमसभा र ३८ वटा जिल्लास्तरीय आमसभा जनताको विशाल सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
ती कार्यक्रमबाट शान्ति लोकतन्त्र र लोकतान्त्रिक संविधानको पक्षमा व्यापक जनमत निर्माण भएको ठहरसमेत कांग्रेसको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक सोमबार पुनः बस्ने जानकारी पार्टीको केन्द्रीय कार्यालयले दिएको छ ।

No comments:

Post a Comment