Friday, November 4, 2011

मन्त्रिपरिषदले सार्कका एजेन्डा पारित गर् यो

काठमाडौं, १८ कात्तिक- सरकारले माल्दिभ्सको अड्डुमा सहरमा हुने सत्रौं दक्षिण एसियाली सहयोग संगठनको शिखर सम्मेलनमा हस्ताक्षर हुने चार एजेन्डालाई अनुमोदन गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सार्क सम्मेलनमा छलफल भई सम्झौता गर्ने तय भएका चारवटा एजेन्डालाई स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए ।
श्रेष्ठका अनुसार शिखर सम्मेलनका क्रममा सार्क बीउबिजन बैंक, प्राकृतिक प्रकोपसम्बन्धमा सदस्य राष्ट्रहरुले एक अर्कालाई तत्काल जनाऊ दिने संयन्त्र स्थापना गर्ने, सार्कस्तरमा उत्पादन हुने सामानमा एउटै गुणस्तर कायम गर्ने, गुणस्तरमा सबैको समान अधिकार स्थापित गर्ने चार एजेन्डामा सम्झौता हुने भएको छ । मन्त्रिपरिषदले यी चारवटै एजेन्डालाई अनुमोदन गरेको जानकारी श्रेष्ठले दिए ।

No comments:

Post a Comment