Wednesday, November 23, 2011

शान्ति मन्त्रीद्वारा हत्यारालाई जनसेनाको सुविधा दिन दबाब

काठमाडौं, ७ मंसिर- शान्तिमन्त्री सत्या पहाडीले राजधानी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याको अभियोगमा सजाय भोगेका माओवादीका बि्रगेड कमान्डर गोविन्दबहादुर बटाला (जीवित) लाई जेल बसेको समयको समेत मासिक तबल र भरणपोषण भत्ता दिन मातहतका कर्मचारीलाई पटकपटक दबाब दिइरहेको जानकारी उच्च अधिकारीले दिएका छन् ।
तेस्रो डिभिजन शक्तिखोरका कमान्डर धनबहादुर मास्केले बटालालाई २०६५ जेठ १ देखि हालसम्मको मासिक तलब र भरणपोषण भत्ता दिन सिफारिस गरेका छन् । त्यही सिफारिसअनुसार मन्त्री पहाडीले बटालालाई मासिक तलब र भरणपोषण रकम दिन शान्ति सचिव शिविर व्यवस्थापन समन्वयकर्ताको कार्यालयका कर्मचारीलाई पटकपटक दबाब िदंदै आएको शान्ति मन्त्रालयका अधिकारीले उल्लेख गरे ।
डिभिजन कमान्डर मास्केको सिफारिसमा बटाला जेलमा परेको कुरा उल्लेख छैन । मास्केले सिफारिसमा बटाला डिभिजनमा कार्यरत रहेको शिविर व्यवस्थापनको समन्वयकर्ताको कार्यालयलाई अवगतै भएको उल्लेख गर्दै २०६५ जेठ १ देखिको मासिक तलब र भरणपोषण दिन सिफारिस गरेका हुन् ।
मन्त्रीको पटकपटकको दबाबपछि शान्ति सचिव ध्रुव शर्माले घुमाउरो भाषामा डिभिजन कमान्डरको सिफारिस बमोजिम बटालालाई मासिक तलब र भरणपोषण भत्ता दिन मातहतका कर्मचारीलाई आग्रह गरेका छन् । कमान्डरले बटालालाई मासिक तलब र भरणपोषण भत्ता दिन सिफारिस गरेको पत्रमा सचिव शर्माले ुआवश्यक कायार्थु तोक लगाएर शिविर व्यवस्थापनको समन्वयकर्ताको कार्यालयमा पठाएको जानकारी शान्तिका उच्च अधिकारीले दिए ।
श्रेष्ठको कर्तव्य ज्यान मुद्दामामा बटाला २०६५ जेठ २ मा पक्राउ परी तीन वर्षको जेल सजाय पूरा गरी २०६८ असार ६ मा चितवन जिल्ला अदालतको फैसलाअनुसार २०६८ असार ६ मा रिहा भएका हुन् । रिहा भएलगत्तै चितवन प्रहरीले श्रेष्ठलाई अपहरण गरेको अर्को अभियोगमा पक्राउ प्रहरीको नयाँ बानेश्वर वृत्तलाई बुझाएको थियो । बटालाकी पत्नीले बन्दी प्रत्यक्षीकरण रिट दिएपछि सर्वोच्च अदालतको आदेशमा उनी २०६८ असारमा नै रिहा भएका हुन् । रिहा भएपछि बटालाले तेस्रो डिभिजनको बि्रगेड कमान्डरका रुपमा काम गर्न थालेका छन् ।
शान्तिमन्त्री पहाडीले बटालालाई कर्तव्य ज्यान मुद्दामा तीन वर्ष जेल बसेको समयको र त्यसयताको मासिक तलब तथा मासिक भरणपोषण भत्ता दिन दबाब दिएकी हुन् । बटालालाई जेल बसेको समयको करिब तीन लाख र रिहा भएपछिको ५७ हजारभन्दा रुपैयाँ दिन शान्ति मन्त्री र माओवादी सेनाको सिफारिस गरेको हो ।
जेलमा रहँदा कैदीले जीविकोपार्जनका लागि कारागारबाट भरणपोषणका लागि सीदा र दैनिक ४५ रुपैयाँ पाउँछन् । कर्तव्य ज्यान मुद्दाजस्तो गम्भीर अपराधमा कैदमा बसेको बेलाको भत्ता माग्नु र मन्त्रीले दिन दबाब दिनु कानुनी शासनको ठाडो उल्लंघन भएको शान्तिकै अधिकारी बताउँछन् । शान्ति मन्त्रालयका कर्मचारीहरु कर्तव्य ज्यान मुद्दामा सजाय भोगेको व्यक्तिलाई कसरी तलब र मासिक भरणपोषण भत्ता दिने भनेर समस्यामा परेका छन् ।
फेरि फौजदारी अभियोगमा तीन वर्ष जेल सजाय पाएपछि सरकारी कर्मचारीले भविष्यका लागि सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी अवकास पाउँछन् । सरकारी तलबसुविधा लिइरहेको र सेनामा समायोजन हुन लागेको माओवादी सेनामा फौजदारी अभियोगमा सजाय भोगिसकेको व्यक्तिलाई ससम्मान फर्काउनु पनि आफैंमा कानुनविपरीत रहेको सरकारी अधिकारी बताउँछन् ।

No comments:

Post a Comment