Monday, November 28, 2011

बेलायतद्वारा करिब २ अर्ब, फिन्ल्यान्डद्वारा करिब ४ करोड सहयोग

सरकारद्वारा तीन कार्यकारी प्रमुख नियुक्त
काठमाडौं १२ मंसिर- बेलायत सरकारले नेपालको वातावरणको संरक्षण गर्न १ अर्ब ८३ करोड रुपैयाँ अनुदान दिने भएको छ । सरकारले नेपालमा ुक्लाइमेट चेन्जु को असर कम गर्ने परियोजना साचालनका लागि वन र वातावरण मन्त्रालयलाई उक्त सहयोग दिन लागेको हो ।
फिन्ल्यान्ड सरकारले स्थानीयस्तरमा वातावरणीय प्रशासन सुधार आयोजनाका लागि ३ करोड ८४ लाख रुपैयाँ सहयोग दिने भएको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले बेलायत र फिन्ल्यान्ड दुवै देशले दिन लागेको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ ।
दुई जिल्लाका शिक्षकलाई दुर्गमभत्ता
मन्त्रिपरिषदले अछाम र जाजरकोटका शिक्षकहरुलाई समेत दुर्गमभत्ता दिने निर्णय गरेको छ । ती जिल्लामा निजामती कर्मचारीलाई दुर्गमभत्ता दिने गरिए पनि शिक्षकलाई भने दिने गरिएको थिएन । सरकारले ती जिल्लामा शिक्षकलाई समेत कर्मचारीसरह दुर्गमभत्ता दिने निर्णय गरेको हो । सरकारको यो निर्णयले ती जिल्लाका शिक्षकले अबदेखि ३० प्रतिशत दुर्गम भत्ता पाउनेछन् ।
तीन कार्यकारी प्रमुख नियुक्त
सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा राधेश पन्तलाई नियुक्त गरेको छ । पन्त खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका हुन् । ग्रामीण आवास कम्पनीका महाप्रबन्धकमा सर्लाहीका देवेन्द्रकुमार यादवलाई नियुक्त गरिएको छ । भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीको प्रस्तावमा अघिल्लो सरकारको पालामा नियुक्त महाप्रबन्धकलाई हटाई नयाँ नियुक्ति गरिएको हो । मन्त्रिपरिषदले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सियाराम िसंहलाई नियुक्त गरेको छ ।




No comments:

Post a Comment