Wednesday, November 23, 2011

शर्माले पड्काए कानुन सचिव

काठमाडौं, ७ मंसिर- सरकारले कानुन तथा न्याय मन्त्रालयको कायममुकायम सचिवमा भेषराज शर्मालाई नियुक्त गरेको छ । कानुन सेवामा कानुन मन्त्रालयको सचिव सबभन्दा आकर्षक पद मानिन्छ । मन्त्रिपरिषदको पछिल्लो बैठकले कानुन सेवाका सबभन्दा वरिष्ठ सहसचिव शर्मालाई कायु सचिवको जिम्मेवारी दिएको हो । उनी यसअघि लोकसेवा आयोगमा कानुन महाशाखा प्रमुख थिए ।
गत असारमा कानुन मन्त्रालयका सचिव माधव पौडेलले ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । कानुन सेवामा दुई सचिव पद रिक्त छ । रिक्त पदमा बढुवाको सिफारिस गर्न न्याय सेवा आयोगको बैठक बोलाउने तयारी भइरहेको जानकारी स्रोतले दिए ।

No comments:

Post a Comment