Tuesday, November 8, 2011

तीन राजदूत नियुक्तिको सिफारिस

भारतमा कार्की, चीनमा मास्के र युएईमा झा
चार सहसचिवको सरुवा
काठमाडौं, २२ कात्तिक- सरकारले तीन मित्र राष्ट्र भारत चीन र संयुक्त अरब इमिरेट्समा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले भारतका लागि सुरेन्द्रबहादुर कार्की (राम कार्की), चीनका लागि डा. महेशकुमार मास्के र संयुक्त अरब इमिरेट्सका लागि परराष्ट्रमन्त्रालयका सहसचिव धनाजय झालाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
कार्की माओवादीका केन्द्रीय सदस्य हुन् भने मास्के पेसाले चिकित्सक हुन् उनी माओवादीसित एकीकृत भएको नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र मसालका पोलिटब्युरो सदस्यसमेत थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा कार्कीलाई प्रुान्सको राजदूत नियुक्तिको निर्णय गरिएको थियो । प्रुान्सबाट उनको एगि्रमो तीन महिनामा आएको र त्यतिबेला दाहाल सरकार हटेर एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार गठन भइससकेकाले उनको नियुक्ति भएन ।
मन्त्रिपरिषदले उनीहरु तीनै जनाको नाम संसंदीय सुनुवाइका लागि बुधबार संसद सचिवालयमा पठाउने भएको छ । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि उनीहरुलाई ती देशको राजदूत नियुक्ति गरिनेछ ।
भारतका राजदूत रुक्मसमसेर राणालाई फिर्ता बोलाइएको र चीन तथा युनाइटेड अरब इमिरेट्सका राजदूत क्रमशः टंक कार्की र अर्जुनबहादुर थापाको पदावधि सकिएकाले सरकारले नयाँ तीन जनालाई नियुक्तिको सिफारिस गरेको हो ।
चार सहसचिवको सरुवा
सरकारले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत गणेश राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सार्नुका साथै तीन सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषदले ऊर्जा मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीराजन लाकौललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । उनको ठाउँमा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्कीलाई लगिएको छ । कार्की तीन वर्ष विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकसमेत थिए ।
ऊर्जा आयोगका सहसचिव इश्वरिसंह थापालाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ । उनी आयोगमा आउनुअघि साँढे दुई वर्ष विज्ञान मन्त्रालयमै थिए ।
राष्ट्रपति आवास गृह बन्ने
सरकारले राष्ट्रपतिका लागि छुट्टै सुविधासम्पन्न आवास गृह बनाउने भएको छ । सरकारले आवास गृह कहाँ बनाउने र लागत कति हुने भन्नेबारेमा केही उल्लेख गरेको छैन । हाल राष्ट्रपतिलाई छुट्टै भवन नभएकाले कार्यालय भवनको माथिल्लो तलामा नै बस्ने व्यवस्था मिलाइएको छ ।

No comments:

Post a Comment