Monday, November 14, 2011

भौतिक योजनामा मन्त्री त्रिपाठीको रजाइँ सुरु

काठमाडौं, २८ कात्तिक- भौतिक योजना तथा निर्माण मन्त्रालयले आफ्नो मातहतका तीन ठूला आयोजनाका प्रमुखसहित आठ जना सहसचिवको सरुवा गरेको छ । भौतिक योजना मन्त्री हृदयेश त्रिपाठीस्तरीय निर्णयबाट मन्त्रालयमा खानेपानी तथा सरसफाइ सेवातर्फका सहसचिवहरुको व्यापक सरुवा भएको हो ।
भौतिक योजना मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मेलम्ची खानेपानी आयोजना प्रमुख हरि शर्मालाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । खानेपानी विभागका महानिर्देशक कृष्ण आचार्यलाई मेलम्ची आयोजना प्रमुखमा सारिएको छ ।
मन्त्रालयका योजना महाशाखा प्रमुख सुमन शर्मालाई खानेपानी विभागको महानिर्देशकमा सरुवा गरिएको छ । मन्त्रालयको खानेपानी महाशाखा प्रमुख गजेन्द्र ठाकुरलाई उच्चस्तरीय बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी निर्देशकमा सारिएको छ । समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालाई खानेपानीको क्षेत्रीय निर्देशनालय पोखरामा सरुवा गरिएको छ ।
काठमाडौंं उपत्यका खानेपानी लिमिटेड मातहतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजकुमार मल्ललाई मन्त्रालयको खानेपानी महाशाखा प्रमुखमा सारिएको छ । खानेपानी क्षेत्रीय कार्यालय पोखराका प्रमुख अवद मिश्रलाई आयोजना कार्यान्वयन निर्देशनालयामा सारिएको छ ।
खानेपानी विभागका सहसचिव रामवीर साहलाई दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । यसअघिका आयोजनाका कार्यकारी निर्देशक कृष्ण रानालाई खानेपानी विभागमा सरुवा गरिएको छ ।

No comments:

Post a Comment