Thursday, November 10, 2011

ऊर्जामा गोकर्णका मान्छे आउट, बोगटीका इन

काठमाडौं, २४ कात्तिक- सरकारले विद्युत विकास विभागका महानिर्देशक महेन्द्रबहादुर गुरुङसहित सात जना सहसचिवको सरुवा गरेको छ । स्रोतका अनुसार मन्त्रिपरिषदले गुरुङलाई िसंचाइ मन्त्रालयमा सरुवा गरेको छ । विभागमा वरिष्ठ नायव महानिर्देशक डीबी िसंहलाई महानिर्देशकमा बढुवा गरिएको छ । िसंचाइ समूहका गुरुङलाई तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्टका पालामा विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।
सरकारले ऊर्जा मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुख श्रीराजन लाकौललाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । विज्ञान मन्त्रालयका सहसचिव अर्जुनकुमार कार्कीलाई ऊर्जा मन्त्रालयको नीति तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको छ । कार्की करिब सवा दुई वर्षसम्म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकसमेत थिए ।
जल तथा ऊर्जा आयोगका सहसचिव ईश्वरिसंह थापालाई विज्ञान मन्त्रालयमा सरुवा गरिएको छ । उनी साँढे दुई वर्षअघि थापा विज्ञानबाटै आयोगमा सरुवा भएका थिए । सरकारले प्रशासनतर्फका दुई सहसचिव गणेश राई र हरिदत्त पाण्डेलाई समेत सरुवा गरेको छ ।
काठमाडौं महानगरका कार्यकारी अधिकृत राईलाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सारिएको छ भने लोकसेवामा काजमा रहेका पाण्डेलाई सोही ठाउँमा सरुवा गरिएको छ । सरकारले महानगरको कार्यकारी अधिकृतमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विनोद केसीलाई पठाउने तयारी गरिरहेको स्रोतले उल्लेख गरेको छ ।

No comments:

Post a Comment