Tuesday, November 29, 2011

आफ्नो आयु आफैं थपे सभासदले

काठमाडौ, १३ मंसिर- ब्यवस्थापिका संसदको बैठकमा ब्यवस्थापिका संसदले आन्तरिम संविधानको संशोधन गरी मंगलबार संविधानसभाको म्याद छ महिना थपेको छ । यो चौथों पटक म्याद थपिएको हो ।

ब्यस्थापिका संसदमा भएको मतदानमा उपस्थित ५०८ सभासद् मध्ये ५०५ ले सरकारले प्रस्तुत गरेको संविधानसभाको म्याद थप सम्बन्धि संविधानसंशोधन प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा तीन मत परेको थियो । उक्त तीन मत राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालको हो ।

यसअघि मंगलबार बिहान मधेसी मोर्चासहितका माओवादी, काँग्रेस र एमालेको बैठक बसी छ बुँदे सहमति गरेर संविधानसभाको म्याद छ महिना थप्ने सहमति गरेको थियो । सर्वोच्च अदालतले एक पटक भन्दा बढी म्याद नथप्न आदेश गरेकाले यही समयसीमा भित्र संविधान जारी गर्नु पर्ने बाध्यात्म परिस्थिति रहेको छ । 

No comments:

Post a Comment