Wednesday, February 1, 2012

सचिव पोखरलले पाए अवकास

काठमाडौं, १८ माघ- महिला बालबालिका तथा समाज कल्याण सचिव आनन्द पोखरेलले बुधबार अनिवार्य अवकास पाएका छन् । उनले ५८ वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकास पाएका हुन् ।
सरकारले पोखरेलले अवकास पाएपछि लागू हुने गरी महिला तथा बालबालिका मन्त्रालयको सचिवमा बालानन्द पौडेललाई सरुवा गरेको छ । अब पौडेलले महिला मन्त्रालय सम्हाल्नेछन् ।
पोखरेलको अवकाससँगै सचिव रिक्त निकायको संख्या दुइटा पुगेको छ । हाल सुदूर पश्चिम र मध्यपश्चिममा क्षेत्रीय प्रशासक पद रिक्त छ । दुवै ठाउँमा सहसचिवद्वय ज्ञानदर्शन उदास र दुर्गानिधि शर्मालाई कायममुकायम क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ ।

No comments:

Post a Comment