Tuesday, February 28, 2012

भारतीय पृथकतावादी नेतासहित पाँच नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर

३ करोडभन्दा बढी अवैध सम्पत्ति रहेको सम्पत्ति शुद्धीकरण विभागको जिकिर
काठमाडौं, १६ फागुन- भारतमा पृथकतावादी आन्दोलन गरिरहेका भारती नागरिक निराजन होजाईले नेपालमा नक्कली नागरिकता लिई आफू र पत्नी सरिता गिरीका नाममा १३ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति कारोबार गरेको भेटिएको हुँदा सम्पत्ति शुद्धीकरण मनी लाउन्डिङ निवारण ऐनबमोजिम जेल सजाय उनीहरुको स्वामित्वमा रहेको सम्पूर्ण सम्पत्ति जफत र बिगोबराबरको जरिवाना गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । होजाई भारतीय जेलमा भएकाले कानुनबमोजिम उनलाई कूटनीतिक पहल गरी नेपालमा झिकाएर म्याद जारी गराइपाउन मुद्दामा माग गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागबाट स्रोत नखुलेको सम्पत्ति राखेको र कारोबार गरेकामा मुद्दा दायर भएको यो सबभन्दा ठूलो घटना हो । यसअघि विभागबाट छवटा मुद्दा दायर भइसके पनि ती यति ठूलो परिमाणमा अवैध सम्पत्ति कारोबार भएका घटना थिएनन् ।
सम्पत्ति शुद्धीकरण विभागले निर्मल राईको नाममा नेपाली नागरिकता लिएका होजाईलाई िसंगापुर र मलेसियालगायतका मुलुकका बैंंकबाट नेपाली पत्नी गिरीको बैंक खातामा स्रोत नखुलको सम्पत्ति पठाई कारोबार गरेको र पत्नीका नातेदारका नाममा समेत सम्पत्ति राखेको पाइएको उल्लेख गर्दै उनीहरुका विरुद्ध मुद्दा दायर गरेको हो । होजाईले पठाएको स्रोत नखुलेको ४ करोड रुपैयाँभन्दा बढी सम्पत्ति पत्नी सरिताका नामबाट कोराबार गरेको पाइएकाले गिरीमाथिसमेत होजाईलाई जस्तै प्रमुख कसुरदार बनाई मुद्दा दायर गरिएको छ ।
भारतको आसाम र नागाल्यान्डमा सशस्त्र आन्दोलन गरिरहेका दिमा हालम दाओग (जे_ का कमान्डर इन चिफ निराजन होजाईले पत्नी सरिता र उनका नातेदारका नाममा अवैध सम्पत्ति राखी उक्त सम्पत्ति पृथकतावादी आन्दोलनमा प्रयोग गर्दै आएको पाइएको छ । प्रहरी अनुसन्धानबाट निरन्जनले निर्मल राईका नाममा होजाइले नेपाली नागरिकता र राहदानीसमेत लिएको खुलेको छ । सुनसरीको धरान नगरपालिका-८ स्थायी ठेगाना देखाएर उनले वंशजका आधारमा ३२५५६ नम्बरको नागरिकता लिएका हुन् जसमा बाबुको नाम जगतबहादुर राई भएको उल्लेख छ । त्यसैका आधारमा उनले सन् २००८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ४१५९३९४ नम्बरको राहदानीसमेत लिएका छन् ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३० क बमोजिम होजाई र पत्नी सरिता गिरीलाई १३ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति जफत र बिगोबमोजिमको जरिवाना गर्न तथा चार वर्षसम्मको कैद सजाय गर्न माग गरिएको छ ।
होजाईले अवैध रुपमा पठाएको स्रोत नखुलेको सम्पत्ति पत्नी सरिता गिरीका आफन्त रामचन्द्र गिरी, सेती गिरी, राजु गिरी र सीता गिरीका नाममा समेत घरजग्गा गाडी खरिद गरी लुकाएको पाइएकाले विभागले नातेदार चारै जनालाई मतियारका रुपमा कारबाही गर्नसमेत मुद्दामा जिकिर गरिएको छ । मुद्दामा उनीहरुलाई सम्पत्ति शुद्धीकरण ऐनबमोजिम प्रमुख कसुरदार होजाई र पत्नी गिरीलाई हुने सजाजको आधा सजाय गर्न माग गरिएको छ । दफा ३० मा 'यस ऐन अन्तर्गतको कसुर गर्न मद्दत गर्ने व्यक्तिलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने' व्यवस्था छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा होजाईलाई बिक्री गरेको गाडी जग्गा घर बैंक खाता लुकाएको, गाडी, स्कुटर, ल्याप टपलगायतको गरी जम्मा रु ८ करोड ६३ लाख ४७ हजार ४ यस ७४ रुपैयाँबराबरको कानुनी स्रोत नखुलेको सम्पत्तिको कारोबार गरेको देखिएको हुँदा प्रतिवादी होजाईलाई उक्त कार्य सम्पत्ति निवारण ऐनको दफा ३ ले निषेधित र दफा ४ २८ र १९ बमोजिमको अपराध गरेको पुष्टि भएकाले सोही ऐनबमोजिम बिगो जफत सोही बराबरको जरिवाना गर्न र चार वर्षसम्म कैद गर्न माग गरिएको छ ।
होजाईकी पत्नी सरिताका नामा बैंक खाता घरजग्गा चार थान गाडीलगायत गरी जम्मा ४ करोड ५१ लाख ८२ हजार रहेको उल्लेख गर्दै विभागले ऐनबमोजिम अवैध सम्पत्ति जफत गर्न बिगोबराबरको जरिवाना गर्न तथा ४ वर्षसम्मको कैद सजाय गर्न माग गरेको छ ।
दायर मुद्दाअनुसार सरिताका नाममा नगद १ करोड ५९ लाख लाख रुपैयाँ र १६ लाख रुपैयाँको जग्गा र ल्यापटप गरी १६ लाख रुपैयाँ रहेको ३० लाख रुपैयाँ बराबरको जग्गा भाउजुको नाममा नामसारी गरिएको दाजुको नाम हुँदै विभिन्न व्यक्तिका नाममा बिक्री गरिएका चार थान गाडी र बुबाको नाममा नाम सारी गरिएको गाडीको मोल १ करोड ३५ लाख गरी जम्मा साँढे चार करोड रुपैयाँ कानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति सिाचत र कारोबार भएको पुष्टि भएको उल्लेख छ ।
विभागका अनुसार होजाईसँग विवाह गर्नुअघि सरिता र उनका बाबु, आमा, दाजु र भाउजु सामान्य मजदुरी गरी जीवन गुजारा गर्ने गर्थे । होजाई र सरिताबीच विवाह भएपछि उनीहरुको नाममा एकाएक करोडौं रुपैयाँ बराबरको घरजग्गा गाडीलगायतका सम्पत्ति जोडिएको र त्यसको स्रोत खुल्ने कुनै आधार नरहेको दायर गरिएको मुद्दामा उल्लेख छ ।
विभागका अनुसार सामान्य मजदुरी गर्दै जीवन निर्वाह गर्ने निज प्रतिवादीहरु रामचन्द्र गिरी राजु गिरी सीता गिरी सेती गिरीले छोरी तथा बहिनी सरिताको विवाह होजाईसित गराएपश्चात सरिताका नाममा जम्मा हुन आएको सम्पत्ति आफ्नो नाममा नामसारी गरेको पाइएको छ । सरिताको सम्पत्तिमध्ये ४५ लाख पर्ने बा ८ च ४४५९ नं. गाडी रामचन्द्र गिरीको नाममा नामसारी गरिएको जोरपाटीमा १२ आनामा बनेको १ करोड १० लाख पर्ने दुईतल्ले घर, सेती गिरीको नाममा नामसारी गरिएको जोरपाटीकै साँढे दुई आनामा बनेको ३० लाख रुपैयाँ पर्ने १ तले घर, सीता गिरीको नाममा नामसारी गरिएको चारवटा गाडी राजु गिरीको नामबाट विभिन्न व्यक्तिलाई बेचेको तथ्य पुष्टि भएको हुँदा निजहरुले होजाई र सरिताको गैरकानुनी रुपमा आर्जित सम्पत्ति लुकाउन मद्दत पुर् याएको हुँदा उनीहरुलाई मतियारका रुपमा जेल सजाय गर्न बिगो जफत गर्न र त्यसबराबरको जरिवाना गर्न मुद्दामा माग गरिएको छ ।
अदालतमा पाँच जना प्रतिवादीहरुको बयान कार्य सुरु भएको र बुधबार बयान सकिएपछि उनीहरुलाई थुनामा राख्ने आदेश हुने विशेष अदालतले उल्लेख गरेको छ ।
भारतीय सुरक्षा अधिकारीकै सूचनामा होजाई २०६७ असार १८ मा काठमाडौं अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेको र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र गृह मन्त्री भीम रावलले भारतीय दबाबमा भारतलाई बुझाएका थिए ।
प्रहरीको एन्टिटेररिस्ट प्रतिआतंकवाद सेलले होजाईलाई पक्राउ गरे पनि सरकारका कारण आफैले अनुसन्धान भने थाल्न पाएन । 'होजाइ विमानस्थलमा उत्रनुअघि नै उनलाई लिन भारतीय प्रहरीको प्रतिआतंकवादसम्बन्धी स्पेशल टास्क फोस्र यही आएर बसेको थियो' स्रोतले भन्यो 'प्रधानमन्त्री र गृहमन्त्रीले नै निर्देशन दिएपछि हामीले होजाइलाई चुपचाप उनीहरुको जिम्मा लगाइदियौ ।' एक डीआइजीले होजाइमाथि यहाँ नै मुद्दा चलाउने आधार हुँदाहुँदै त्यो नगरी भारतीय सुरक्षाकर्मीलाई बुझाउनु गलत भएको बताए । 'उनीविरुद्ध नक्कली नागरिकता र राहदानीमा यही मुद्दा चलाउन सकिन्थ्यो । त्यसक्रममा उनको यहाको सन्जाल त्यस्तै अन्य समूहको गतिविधि र नेपाली भूमिको प्रयोगबारे बिस्तृत अनुसन्धान गर्न सकिन्थ्यो' उनले भने 'बरु यहाको अनुसन्धान सकिएपछि बुझाएको भए हुन्थ्यो ।' उच्च प्रहरी स्रोतअनुसार चार महिनाअघि भारतीय अदालतबाट धरौटीमा रिहा भएका निरन्जनलाई भारतीय प्रहरीले फेरि गुहावटीबाट पक्राउ गरेको थियो । पत्नी सरिताको गिरफ्तारीसंगै उनलाई पुनः पक्राउ गरिएको स्रोतले बतायो । उनीमाथि भारतको नेसनल इनभेष्टिगेसन एजेन्सीले पुन अनुसन्धान थालेको छ ।
दिमासा नेसनल सेक्युरिटी फोस्रको वंशजका रुपमा रहेको दिमा हालम दाओगले वार्तापछि सन् १९९५ मा आफ्नो कारवाही स्थगन गर् यो तर तत्कालीन कमाण्डर इन चिफ जेवेल गोरलोसाले आत्मसमर्पण गर्न मानेनन् र आफ्नै नामको सुरुवाती अक्षर ुजेु समेत जोडेर दिमा हालम दाओग जे गठन गरे । त्यसैबेलादेखि यो समूहले आसामको चाचर कर्वी एङलोङग नागाउलगायतका आसामको र नागाल्यान्डको दिमापुर जिल्लासमेटेर ुदिमासाल्यान्डु बनाउनुपर्ने माग राखी पृथकतावादी आन्दोलन गरिरहेको छ ।
सन् २००९ सेप्टेम्बर १२ र १३ मा गरी यो समूहका करिव साढे ३ सयजनाले ठूलो परिणाममा एके-४७ एम-१६ लगायतका अत्याधुनिक हतियार गोलीगठ्ठासहित भारतको केन्द्रिय रिजर्भ पुलिस फोस्रसमक्ष आत्मसमर्पण गरे पनि होजाइलगायतको समूहले आफ्ना गतिविधि जारी राखेको छ । होजाईमाथि भारतीय नेसनल इनभेष्टिगेसन एजेन्सीले एक हजार करोडभन्दा बढी रकम धम्कीपूर्ण तरिकाले जम्मा पारेको एम्बुसलगायतमा पारी दर्जनौ व्यक्ति हत्या गरेको अपहरण र फिरौतीमा संलग्न रहेको जस्ता अभियोग लगाएको छ ।




No comments:

Post a Comment