Sunday, February 12, 2012

नमुना जनमतसंग्रहमा संसदीय व्यवस्थाले जित्यो

भाबी संविधानमा राज्यको शासकीय स्वरुप र संघीयता कस्तो हुने भन्ने विषयमा राजनीतिक दलहरुका बिचमा तिव्र विवाद र बहस भईरहेका बेला विद्यार्थीहरुले नमूना जनमत संग्रहमार्फत् भावी संविधानका महत्वपूर्ण विषयहरुमा आफ्नो मत व्यक्त गरेको जानकारी सर्वेक्षणमा सहभागी चन्दा घिमिरेले दिएकी छन् ।।
१००
संविधान निर्माणका क्रममा देखिएका विवादहरुको समाधान गर्न दलहरु असमर्थ भईरहेका बेला राजधानीका विभिन्न क्याम्पसका विद्यार्थीहरुले भने राज्यको शासकीय स्वरुप र राज्यपुर्नसंरचनाका आधार लगायतका विषयहरुमा जनमत संग्रह गरेका छन् । युवाहरुको क्षेत्रमा कि्रयाशील युवा सांसद र लोकतन्त्रका लागि पत्रकारिताले संयुक्त रुपमा आयोजना गरेको नमूना जनमत संग्रहमा विद्यार्थीहरुले आफ्नो मत व्यक्त गरे
पज
जनमत संग्रहको उद्घाटन नपाल विद्यार्थी संघका अध्यक्ष रिाजत कर्ण र अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष जागृत रायामाझीले आफ्नो मत व्यक्त गरेर गरेका थिए ।
पज
राज्यको शासकीय स्वरुपका सवालमा संसदीय प्रणालीकार्यकारी राष्ट्रपतीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीका बीचमा गरिएको नमूना जनमत संग्रहमा संसदीय व्यवस्थाका पक्षमा ६० प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा २५ र कार्यकारी राष्ट्रपतिको पक्षमा २३ मत खसेको थियो । नमूना जनमत संग्रहमा राजधानीका विभिन्न क्याम्पसमा अध्ययनरत १ सय १० जना विद्यार्थी नमूना जनमत संग्रहमा सहभागी भएका थिए । जनमत संग्रहमा संघीयता भौगोलिक आधारमा हुनुपर्छ भन्नेमा ९४ र जातीय पहिचानको आधारमा हुनुपर्छ भन्नेमा १४ मत खसेको थियो । दलहरुले विवाद गरिरहेको विषयमा आफ्नो मत व्यक्त गरेर दबाब सिर्जना गर्न पाएकोमा विद्यार्थीहरु उत्साहित देखिन्थे ।
बाईट
संविधान निर्माणका सन्दर्भमा राजनीतिक स्वार्थका आधारमा बहस भईरहेका बेलामा युवा विद्यार्थीहरु पनि बहसमा सहभागी हुनुपर्ने आवश्यकता भएकोले नमूना जनमत संग्रहमार्फत् दलहरुलाई सहमतिका लागि दबाब दिन कार्यक्रमको आयोजना गरिएको आयोजक युवा संसदका संयोजक दिवाकर अर्याल बताउछन् ।
बाईट…
कार्यक्रममा सहभागी नेपाल विद्यार्थी संघका अध्यक्ष रिाजत कर्णले संसदीय व्यवस्थाले मात्रै नेपालमा दिगो शान्ति र लोकतन्त्र दिन सक्ने जिकिर गरे । अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष जागृत रायामाझीले भने स्थिर सरकार र दिगो विकासका लागि कार्यकारी राष्ट्रपति हुनुपर्ने दाबी गरे ।
बाईट………रिाजत कर्ण र जागृहत रायामाझी
जनमत संग्रहमा सहभागी १ सय १० मध्ये ९८ जनाले संवैधानिक युवा आयोग हुनपर्नेमा मत व्यक्त गरेका थिए भने ८६ जनाले युवा अदालतको समेत व्यवस्था हुनपर्ने पक्षमा मतदान गरेका थिए । जनमत संग्रहमा संसदीय व्यवस्था र सामथ्र्यका आधारमा संघीयता हुनुपर्ने पक्षले बहुमत प्राप्त गरेको थियो । मतदानको परिणामका आधारमा राजनीतिक सहमति कायम गर्न सभामुख तथा राजनीतिक दलका नेताहरुलाई ज्ञापन पत्र बुझाईने आयोजक लोकतन्त्रका लागि पत्रकारिताका महासचिव नकुल अर्यालले जानकारी दिनुभयो ।
क्यामेरामा विशाल के.सी. र राजेश रजकका साथमा चन्दा घिमिरे हिमालय टेलिभिजन काठमाडौं ।

No comments:

Post a Comment