Thursday, February 16, 2012

भागबण्डा नमिलेका कारण संवैधानिक निकायमा नियुक्ति हुन सकेन

काठमाडौं, ४ फागुन- संवैधानिक परिषदको बिहीबार बसेको बैठकले पनि महत्वपूर्ण चार संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको निर्णय गर्न सकेन । मुख्यसचिव माधव घिमिरेले तयार पारी पेस गरेको संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिको आधारको मस्यौदालाई परिषद बैठकले पारित गर्न बाँकी रहेकाले नियुक्तिको निर्णय भएको जानकारी विपक्षी दलका नेता रामचन्द्र पौडेलले जानकारी दिए । अघिल्लो बैठकले घिमिरेले आधार तयार गर्ने जिम्मा दिएको थियो । संवैधानिक निकायहरुमा तीन वर्षभन्दा बढी समयदेखि पदाधिकारी रिक्त छन् । प्रमुख दलहरुबीच भागबण्डा नमिलेका कारण नियुक्ति हुन नसकेको र बाहिरमात्र नियुक्तिको आधार फाइनल हुन बाँकी रहेको कारण देखाइएको स्रोतले उल्लेख गरेको छ ।
परिषदको अब छिट्टै बस्ने बैठकले नियुक्तिको आधारलाई परिमार्जनसहित पारित गर्ने र त्यसपछिमात्र नियुक्तिको निर्णय हुने जानकारी परिषदका सचिवसमेत समेत मुख्यसचिव घिमिरेले दिए । अर्को बैठक कहिले बस्ने तय भने गरिएको छैन । घिमिरेका अनुसार परिषद बैठकमा अख्तियार दुरुपयोग अनुन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त लोकसेवाका अध्यक्ष महालेखा परिक्षक निर्वाचन आयोगको प्रमुख आयुक्तमा कसलाई ुनियुक्ति गर्ने भनेर व्यक्तिका बारेमा छलफलै भएन । 'नियुक्तिको आधार फाइनल हुन बाँकी रहेकाले व्यक्तिका बारेमा छलफल भएन' घिमिरेले भने । संवैधानिक निकायमा नियुक्त हुन चाहने योग्यता पुगेका २ सयभन्दा बढीको रोस्टर प्रधानमन्त्री कार्यालयले तय गरिसकेको छ ।

No comments:

Post a Comment