Sunday, February 19, 2012

माओवादी नेतृत्वको सरकारले ०७ सालको क्रान्ति मेट्न खोज्यो

आज प्रजातन्त्र दिवस मनाइएन
काठमाडौं, ७ फागुन- सरकारले ०७ सालको क्रान्तिलाई बेवास्ता गर्दै आइतबार प्रजातन्त्र दिवस मनाएन । सरकारले राजधानीको खुलामाचमा राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा र सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको आतिथ्यमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाउथ्यो । माओवादी नेतृत्वको सरकारले ०७ सालको क्रान्तिले प्रजातन्त्र स्थापना गरेको इतिहासलाई मेट्न प्रजातन्त्र दिवस नमनाएको जानकारी सरकारी अधिकारीले दिएका छन् । प्रजातन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा भने दिएको छ ।sांग्रेस र एमालेले प्रजातन्त्र दिवस नमनाएका तीव्र विरोध गरेका छन् ।


कांग्रेस सभापतिको विज्ञप्ति

आज फाल्गुण ७ गते- नेपाली जन-संघर्षको इतिहासको एक अविस्मरणीय दिन हो । नेपाली जनताको गौरवमय उत्सर्ग अतुलनीय साहस एवं दृढ संकल्पले एकतन्त्रीय निरङ्कुश शासनलाई समाप्त पारेर २००७ मा आजकै दिन हाम्रो देशमा प्रजातन्त्रको स्थापना भएको हो ।
यो ऐतिहासिक दिनले हाम्रो देशमा केवल प्रजातन्त्र मात्र स्थापित गरेन आर्थिक सामाजिक सांस्कृतिक शैक्षिक धार्मिक आदि हरेक क्षेत्रमा यसले आमूल रुपमा अग्रगामी परिवर्तन ल्यायो । यसले जात-जाति धर्म लिङ्ग वा वर्गको आधारमा हुने भेद्भाव हटाएर शोषण रहित समाज निर्माणमा मुलुकलाई प्रवृत्त गरायो । यसै दिनदेखि नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट बाहिर आएर नयाँ युगमा प्रवेश गर् यो । नेपालले प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि निर्माण गर् यो । त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेका छन् ।
जन-अधिकार एवं लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई अपदस्थ गरिएपछि त्यसको बिरोधमा नेपाली जनताको लामो संघर्षले देशमा गणतन्त्रात्मक पद्धति कायम भएको छ । आज आफ्नो देशको संविधान आफैले लेख्ने एक महत्वपूर्ण जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ । यो ऐतिहासिक जिम्मेवारीलाई हामीले पूरा गर्न सक्यौं भने मात्र नेपाललाई सबै किसिमका सङ्कटबाट मुक्त- शान्त संमृद्ध र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिने छ ।
देशमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाको लामो संघर्षमा हाम्रा अनेकौं सपुतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेका छन् । यो ऐतिहासिक दिनमा म सम्पूर्ण शहीदहरुको- देश जनता र लोकतन्त्रप्रतिको समर्पण साहस र बलिदानको संस्मरण गर्दछु र देशलाई आजको दिनमा प्रवेश गराउने हाम्रा देशभक्त नेताहरुप्रति सम्मान व्यक्त गर्दछु । आपसी एकता मेलमिलाप एवं पारस्परिक सद्भाव सहयोग र सहकार्यलाई अघि बढाएर लोकतन्त्र मानव अधिकार र शान्ति प्रकृयालाई संस्थागत गर्दै राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आजको यो ऐतिहासिक दिनमा म सबैमा हार्दिक आव्हान
गर्दछु ।
जय नेपाल ।

सुशील कोइराला
सभापित
फाल्गुण ७ २०६८




No comments:

Post a Comment