Wednesday, February 22, 2012

काठमाडौं-द्रुत मार्ग आयोजना प्रमुखविहीन

निर्माणमा नकारात्मक असर पर्ने
काठमाडौं, १० फागुन- सरकारले राष्ट्रिय गौरवको परियोजनाका घोषणा गरेको काठमाडौं-तराई द्रुत मार्ग आयोजना प्रमुखविहीन बनाएको छ । राष्ट्रको सबभन्दा महत्वपूर्ण आयोजना नेतृत्वविहीन हुँदा फास्ट ट्रयाक निर्माण कार्यको अनुगमन र मुआब्जा वितरण कार्यमा नकारात्मक असर पर्न सक्ने चिन्ता भौतिक योजना तथा निर्माण मन्त्रालयका एक अधिकारीले प्रकट गरे ।
काठमाडौं-तराई द्रुत मार्गका कायममुकायम आयोजना प्रमुख सरोजमान श्रेष्ठलाई एक साताअघि काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुखमा सरुवा गरिएपछि फास्ट ट्रयाक निर्माण परियोजना नेतृत्वविहीन भएको हो । भौतिक योजना मन्त्रालयले फागुन लाग्नासाथ आफू मातहतका द्वितीय श्रेणीका इन्जिनियरहरुको सरुवा गर्दा पनि द्रुत मार्गमा कसैलाई पनि आयोजना प्रमुख नतोकिएकाले आयोजना नेतृत्वविहीन बनेको हो । द्रुत मार्गमा नयाँ आयोजना प्रमुख कहिले आउने अनिश्चित रहेको स्रोतले उल्लेख गरेको छ ।
सरकारले माघको दोस्रो साता काठमाडौं-तराई जोड्ने द्रुत मार्गसहित १७ वटा टूला पूर्वाधार आयोजनालाई राष्ट्रिय गौरवका परियोजनाका रुपमा घोषणा गरी तिनको निर्माणलाई तीव्रता दिने कार्ययोजना अघि सारेको थियो । राष्ट्रिय गौरवको परियोजना घोषणा गर्ने तर आयोजनालाई भने नेतृत्वविहीन राख्ने प्रवृत्तिले अत्यावश्यक भौतिक पूर्वाधारको निर्माणप्रति सरकार उदासीन रहेको प्रस्ट हुने जानकारी स्रोतले दिए ।
आयोजनामा एक जना सहसचिव (प्राविधिक), एक जना डिभिजनल इन्जिनियर. दुई/दुई जना इन्जिनियर र ओभरसियरको दरबन्दी छ । तर हाल आयोजना प्रमुख सहसचिव र डिभिजन इन्जिनियर दुवै पद रिक्त छन् ।
सरकारद्वारा घोषित कार्ययोजनामा काठमाडौ-तराई दुरतमार्ग फास्ट ट्रयाक यसै आथिर्क वÈ्रमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । तर यो सडकको ट्रयाक खोल्ने कार्य यो आथिर्क वÈ्रमा सम्पन्न हुने कुनै सम्भावना छैन । अझ आयोजना प्रमुख नहुँदा फास्ट ट्रयाकको निर्माणमा नकारात्मक असर पर्ने चिन्ता भौतिक योजनाकै अधिकारीको छ ।
भौतिक योजना मन्त्री हृदयेश त्रिपाठी निकट एक अधिकारीले द्रुत मार्ग आयोजनालाई धेरै दिन नेतृत्वविहीन नराखिने दाबी गरे । ती अधिकारीका अनुसार भौतिक योजनाको सडक समूहमा तीन जना नयाँ सहसचिव लोकसेवा आयोगबाट सिफारिस भई आएका छन् । मन्त्रालयले तीमध्ये एक जनालाई छिट्टै आयोजना प्रमुख तोक्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment