Sunday, February 19, 2012

०७ सालमा लोकतन्त्र नआएकैले प्रजातन्त्र दिवस नमनाएको हो : सरकार

विपक्षीद्वारा ऐतिहासिक क्रान्तिलाई मेट्ने प्रयासले सहमतिको वातावरण बिथोलिने चेतावनी
काठमाडौं, ७ फागुन- माओवादी र मधेसवादी गठन सरकारले मुलुकमा सबभन्दा ठूलो राजनीतिक परिवर्तन गरेको २००७ सालको जनक्रान्तिलाई स्मरण गर्ने प्रजातन्त्र दिवस कार्यक्रम नै नगरेकामा राजनीतिक तथा प्रशासनिक वृत्तका अधिकारीहरुले गम्भीर आश्चर्य र क्षोभ प्रकट गरेका छन् ।
कांग्रेस र एमालेले जहानियाँ राणा शासनलाई अन्त्य गर्ने कांग्रेसको नेतृत्वमा भएको ०७ सालको सफल ऐतिहासिक क्रान्तिको इतिहासलाई माओवादी र मधेसवादी दलहरुले मेट्ने दुष्पप्रयास गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । कांग्रेसले ०७ सालको क्रान्तिलाई नामेट गर्ने सरकारको कदमले पार्टीहरुबीच सहमति गरी अघि बढ्ने वातावरण बिथोल्न सक्ने चेतावनीसमेत दिएको छ ।
दसवर्षे जनयुद्ध गरेको माओवादी र मधेस आन्दोलनबाट स्थापित पार्टीहरु क्रमशः माओवादी र मधेसवादी दलहरुको गठबन्धन सरकारले कांग्रेसको नेतृत्वमा भएको ०७ सालको क्रान्तिमा आफ्नो कुनै भूमिका नभएकाले उनीहरुले त्यसलाई विस्मृतिमा पुर् याउन प्रजातन्त्र दिवस नमनाउने निर्णय गरेको अनुमान सरकारी अधिकारको छ ।
०७ सालको क्रान्तिको स्मरणस्वरुप हरेक वर्ष सरकारले राष्ट्राध्यक्षको प्रमुख आतिथ्यमा खुलामाचमा र ७५ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रजातन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइन्थ्यो तर यस वर्ष प्रजातन्त्र दिवसमा दिन कुनै कार्यक्रम गरिएन । प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदामात्र भने दिइयो ।
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गरिन्थ्यो त्यस मातहतमा माच कार्यक्रम परिसंवादलगायतका उपसमिति गठन गरिन्थ्यो । तर ०७ सालको क्रान्तिमा कुनै भूमिका नभएका माओवादी र मधेसवादी गठबन्धन सरकारले ०७ सालको क्रान्तिलाई सर्वसाधारण जनताको स्मृतिबाटै हटाउन प्रजातन्त्र दिवस नमनाएको हुन सक्ने जानकारी राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
हरेक वर्ष प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने प्रजातन्त्र दिवस मूल समारोह समितिको सदस्यसचिवको हैसियतले गृह सचिवले मूल समारोह समिति र उपसमितिहरुबीच कोअर्डिनेसनको काम गरी कार्यक्रमलाई प्रभावकारी बनाउँथे । तर यसपटक मूल समारोह समिति समिति र उपसमिति नै गठन नभएकाले गृह मन्त्रालयले कार्यक्रमको संयोजन गर्ने मौका नै नपाएको अधिकारीहरुले उल्लेख गरेका छन् ।
यसअघि प्रजातन्त्र दिवसका दिन प्रधानमन्त्रीले खुलामाचबाट प्रजातन्त्रालाई सफल पार्न देशबासीका नाममा सम्बोधन गर्थै र प्रधानमन्त्रीको सम्बोधनको बुकलेटसमेत प्रकाशन गरी सबैलाई बाँडिन्थ्यो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, सभासद, सचिवलगायतका विशिष्ट अधिकारीलाई आमन्त्रण गरिन्थ्यो । प्रजातन्त्र दिवसका दिन लोकगीत प्रतियोगितालगायतका विभिन्न कार्यक्रमसमेत गरिन्थ्यो ।
माओवादी-मधेसवादी सरकारले प्रजातन्त्र दिवस नै आवश्यकता नठानेकाले नमनाएको जानकारी गृहका एक अधिकारीले भने । 'सरकारले ०७ सालको क्रान्तिलाई नै बिस्रन खोजेको हो' ती अधिकारीले भने- 'सरकारले प्रजातन्त्र दिवसलाई मान्यता नै दिन चाहेन ।'
प्रजातन्त्र दिवसको कार्यक्रमको प्रस्ताव गृह मन्त्रालयले गथ्र्यो तर प्रधानमन्त्री बाबुराम भट्टराई स्वयंले नमनाउने निर्देशन दिएकाले यस वर्ष केही कार्यक्रम पनि प्रस्ताव नगरिएको जानकारी गृहका अधिकारी दिए । प्रधानमन्त्री भट्टराईले ०७ सालको क्रान्तिको इतिहासलाई मेट्ने प्रयास सत्तामा बहाल भएको दिनबाट नै सुरु गरेको दाबीसमेत स्रोतले गरेको छ ।
हरेक प्रधानमन्त्रीले सत्तामा बहाल भएको दिन सबभन्दा पहिले ०७ सालको क्रान्तिको उपलब्धिको प्रतीक मानिने सहिद गेटमा त्यहाँ रहेका चार सहिदलाई माल्यार्पण गरी आफ्नो काम सुरु गर्थे । तर प्रधानमन्त्री भट्टराई सत्तामा बहाल भएको पहिलो दिन सहिद गेटमा नगई त्यो परम्परालाई तोडेका थिए । उनले सहिद गेटको सट्टा कीर्तिपुरस्थित कम्युनिस्ट नेता स्व। पुष्पललालको शालिकमा माल्र्यापण गरी आफ्नो कार्यभार सुरु गरेका थिए ।
सहिद गेटमा १९९७ सालमा राणा शासनविरोधी गतिविधि सुरु गरेको आरोपमा १९९७ सालमा फाँसीको सजाय पाएका चार सहिद दशरथ चन्द शुक्रराज शास्त्री धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको शालिक बनाइएको छ । त्यहाँ ०७ सालको क्रान्तिका क्रममा जनतालाई साथ दिएका तत्कालीन राजा त्रिभुवनको समेत शालिक छ ।
भट्टराई नेतृत्वको सरकारले ०७ सालको क्रान्तिको उपलब्धिको प्रतीक मानिने सहिद गेटबाट त्रिभुवनको शालिक हटाई नारायणहिटी दरबारस्थित संग्रहालायमा सार्ने निर्णय गरेका थिए । सर्वोच्च अदालतको अन्त्रिम आदेशबाट त्रिभुवनको शालिक हटाउने निर्णय स्थगित भएको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले ०७ सालको क्रान्तिबाट केही राजनीतिक परिवर्तन भए पनि लोकतन्त्र बहाली नभएको हुनाले सरकारले 'प्रजातन्त्र दिवस' नमनाएको दाबी गरे । 'प्रजातन्त्र दिवस नमनाएकै चाहिँ भन्न मिल्दैन । नमनाएको भए सार्वजनिक बिदै हुन्थेन । ०७ सालमा स्थापित प्रजातन्त्र भनेको प्रजा र राजा मिलेर शासन गर्ने व्यवस्था हो लोकतन्त्र हुँदै होइन । प्रजातन्त्र भन्ने बित्तिकै पदावधिकै हिसाबले समेत त्यो लोकतन्त्र होइन । ०७ सालमा अलिकतिमात्र राजनीतिक परिवर्तन भएको हो लोकतन्त्र आएको होइन त्यही कारणले सरकारले भिन्न ढंगले सोचेकाले सधैंको जस्तो कार्यक्रम गरी नमनाएको हो' पौडेलले भने ।
गृह मन्त्रालयका सहसचिव शंकर कोइराला एवं प्रवक्ता शंकर कोइरालाले यसपटक मन्त्रिपरिषदबाट प्रजातन्त्र दिवस मनाउने निर्णय गरी नआएकाले यसपटक सधैंको जस्तो कार्यक्रम नगरिएको जानकारी दिए । 'हरेक वर्ष प्रजातन्त्र दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय आउँथ्यो यसपटक नआएकाले नमनाइएको होला' कोइरालाले भने ।
मन्त्रीत्रय हृदयेश त्रिपाठी, दानबहादुर चौधरी र राजलाल यादवले प्रजातन्त्र दिवस मनाउनेबारेमा मन्त्रिपरिषदमा कुनै छलफल नभएको र किन मनाइएन भन्ने कुरा आफूहरुलाई थाहा नभएको दाबी गरे । 'किन नमनाइएको हो हामीलाई थाहा भएन' तीनै जना मन्त्रीले भने ।
यसैबीच कांग्रेस र एमालेले प्रजातन्त्र दिवस नमनाएकामा सरकारप्रति आक्रोस व्यक्त गरेका छन् । दुवै पार्टीले सरकारप्रति कडा टिप्पण्ँी गर्दै ऐतिहासिक दिवसलाई समाप्त गर्ने दुष्साहस नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवस नमनाउनुले सरकारको 'लोकतन्त्रविरोधी' चरित्र उदांग भएको टिप्पण्ँी गरेका छन् । उनले प्रजातन्त्र दिवस हटाएर सरकारले ०७ सालको ऐतिहासिक क्रान्ति र उपलब्धिको इतिहास मेट्ने प्रयास गरेको आरोपसमेत लगाए ।
पौडेलले प्रजातन्त्र दिवसलाई बेवास्ता गरेर दलहरुबीच सहमतिको वातावरण् बिथोल्ने प्रयास गरिएको बताए । 'प्रजातन्त्र दिवसलाई क्यालेन्डरबाट हटाउनु इतिहास मेट्ने प्रयास हो' उनले भने 'यसले पार्टीहरुबीच सहमति गरी अघि बढ्ने वातावरण बिथोलिन सक्छ ।'
उनले प्रजातन्त्र दिवसलाई सरकारले बेवास्ता गरेकोप्रति कांग्रेसले सदन र सडकबाट विरोध गर्ने बताए । 'फागुन ७ देखि हामी मुलुक लोकतान्त्रिक युगमा प्रवेश गरेका हो तर यथार्थलाई बिसे्रर प्रजातन्त्र दिवस मनाउन किन रोकियो' उनले भने 'यो त राण शासनतिरै धकेल्ने प्रयासजस्तो भयो ।' प्रजातन्त्र दिवस नमनाएकोमा अर्को विपÔी दल एमाले पनि असन्तुष्ट छ । एमाले अध्यÔ झलनाथ खनालले पनि प्रजातन्त्र दिवस नमनाउने सरकारको निण्र्ँयको विरोध गरे । ुयस्तो गर्नै हुन्नथ्यो' उनले भने ।
'वर्तमान सरकार प्रजातन्त्रप्रति इमानदार नरहेको प्रजातन्त्रविरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट भएको छ' कांग्रेसका तर्फबाट मुख्यसचिव वसन्तकुमार गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ 'सरकारको यस किसिमको व्यवहारको कांग्रेस भत्स्रना गर्छ र भविष्यमा यस किसिमका मुलुकका ऐतिहासिक दिवसलाई समाप्त गर्ने दुस्साहस नगर्न माओवादी नेतृत्वको सरकारलाई सचेत गर्दछ ।'




No comments:

Post a Comment