Friday, February 24, 2012

कानुनका दुई सहसचिवको सरुवा

काठमाडौं, १२ फागुन- सरकारले कानुन सेवाका दुई सहसचिवको सरुवा गरेको छ । लामो समयदेखि ऊर्जा मन्त्रालयको कानुन महाशाखा प्रमुखमा कार्यरत सहसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई नेपाल कानुन आयोगमा सरुवा गरिएको छ । आयोगमा दुई सहसचिवको दरबन्दी भए पनि एक जना पनि थिएनन ।
जल तथा शक्ति आयोगको कानुन महशाखा प्रमुखमा कार्यरत सहसचिव रवि शर्मा अर्याललाई ऊर्जा मन्त्रालयमा सरुवा गरिएको छ । कानुन मन्त्री बृजेशकुमार गुप्ताले मन्त्रालयस्तरीय निर्णय गरी उनीहरु दुई जनालाई काज सरुवा गरेका हुन । न्याय सेवा आयोगले कानुन मन्त्रीको निर्णयलाई अनुमोदन गरेपछि उनीहरुको कन्फर्म सरुवा हुनेछ ।
कानुन मन्त्रालयले सहसचिवमा हालै बढुवा भएका दुई जना उदय सापकोटा र ऋषि राजभण्डारीलाई पदस्थापन गर्न बाँकी छ । प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगको बैठक बसेपछि उनीहरुको पदस्थापन हुने जानकारी कानुन मन्त्रालयका अधिकारीले दिए ।

No comments:

Post a Comment