Monday, February 27, 2012

सरुवा गर्ने सामान्य मन्त्री, कारबाही भोग्ने सचिव

काठमाडौं, १५ फागुन- सरकारले सामान्य प्रशासन मन्त्रालयका सचिव तिलकराम शर्मालाई निजामती कर्मचारीहरुको मापदण्डविपरीत सरुवा गरेको आरोपमा मध्यमााचल विकास क्षेत्रको क्षेत्रीय प्रशासकमा सरुवा गरेको छ । मन्त्रालयको सचिव भइसकेको व्यक्तिलाई क्षेत्रीय प्रशासकमा नपठाउने सरकारले आफैं बसालेको परम्पराविपरीत शर्मालाई सरुवा गरिएको हो । क्षेत्रीय प्रशासक गृह सचिव मातहतमा हुन्छन् ।
सामान्य प्रशासनबाट माघ महिनामा १८ सय ८ जनाको कर्मचारी सरुवाका क्रममा भएका कमीकमजोरीमा मन्त्री रामकुमार यादव र सचिव शर्मा दुवै जिम्मेवार भए पनि मन्त्रिपरिषदले प्रशासनिक नेतृत्वलाई मात्र दोषी ठहर् याई कारबाहीस्वरुप अपमानपूर्वक सरुवा गरेको हो । सरुवामा सचिवभन्दा मन्त्री यादव बढी दोषी छन् ।
मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सचिवमा बढुवा भएर सामान्य प्रशासनमा पदस्थापन भएको एक महिना पनि नपुग्दै शर्मालाई क्षेत्रीय प्रशासकमा सरुवा गरेको हो । मन्त्रिपरिषदले मध्यमााचलका क्षेत्रीय प्रशासक धरणीधर खतिवडालाई सामान्य प्रशासन सचिवमा सरुवा गरेको छ ।
सरकारले निजामती ऐन तथा नियमावली र मापदण्डविपरीत भएका सरुवा सच्याउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको थियो । सामान्य प्रशासनले माघ महिनामा कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १८ सय कर्मचारीको सरुवा गरेको थियो ।
सरकारले कर्मचारीहरुको कानुन र मापदण्डविपरीत भएका के कति सरुवा बदर गर्ने पुनरावलोकन या सच्याउने अधिकार सामान्य प्रशासन मन्त्रालयलाई दिएको छ । व्यापक सरुवालाई कर्मचारी युनियनहरुले तीव्र विरोध गरेपछि मन्त्रिपरिषदको अघिल्लो बैठकले सामान्य प्रशासन सचिव शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले कर्मचारीको सरुवा भएकामध्ये धेरैजसो नियमसंगत रहेको कतिपय मापदण्ड र अवधि नपुगेको र कतिपय नियमसंगत नदेखिएको निष्कर्ष निकाल्दै सरुवाको निर्णयलाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिएको थियो । मन्त्रिपरिषदले सुझावअनुरुप नियमसंगतलाई सरुवालाई सदर र अरुलाई बदर गर्न सामान्यलाई निर्देशन दिएको हो ।
कर्मचारीलाई प्रोत्साहन भत्ता कायमै
सरकारले महालेखा नियन्त्रक कौषी तोषाखाना महालेखा परिक्षकको कार्यालयका कर्मचारीलाई िदंदै आएको प्रोत्साहन भत्ता यस वर्षसमेत कायम राख्ने निर्णय गरेको छ ।
शिक्षा ऐन संसदमा
सरकारले शिक्षा मन्त्रालयद्वारा प्रस्तावित शिक्षा ऐन संशोधन विधेयक परिमार्जनसहित पारित गरी संसदमा पेस गर्ने निर्णय गरेको छ ।
महासेनानीमा बढुवा
सरकारले नेपाली सेनाका साजयथापा मगरलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले नेपाल टेलिभिजनका अध्यक्ष बलराम तिम_िल्सनाले दिएको राजिनामा स्वीकृत गरेको छ । उनी यसअघिका साचारमन्त्री अग्नि सापकोटाका पालामा अध्यक्ष नियुक्त भएका थिए ।
मधेशी कर्मचारीलाई ५ लाख
सरकारले मधेशी कर्मचारी संघलाई महाविधेशवन गर्न ५ लाख अनुदान सहयोग प्रदान गरेको छ ।

No comments:

Post a Comment