Saturday, August 11, 2012

प्रधानमन्त्रीद्वारा छ सचिवलाई कारबाही गर्ने चेतावनी

पत्रकार सम्मेलन गरी राजिनामा दिएका सचिव मैनालीलाई कारबाहीको तयारी
काठमाडौं, २७ साउन- प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट रहेका छ जना बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर निजामती प्रशासनको सर्वोच्च पदमा रहेका मुख्यसचिव लीलामणि पौडेल असहयोग नगर्न चेतावनी दिएका छन् । उनले उनीहरुको असहयोग जारी रहेमा सह्य नहुने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।
सचिवमा पदोन्नति हुँदा नवौं वरियतामा रहेका पौडेललाई मुख्यसचिवमा बढुवा गरिएपछि पाँच वरिष्ठ सचिवले राजिनामा दिइसकेका छन् । पदमा बहालै रहेका छ जना वरिष्ठ सचिवले पनि गम्भीर असन्तुष्टि प्रकट गर्दै मुख्यसचिवले बोलाएको बैठकसमेत बहिष्कार गरेपछि गम्भीर भएका प्रधानमन्त्रीले उनीहरुलाई बोलाएर निजामती प्रशासनको अनुशासन र मर्यादामा बस्न चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भगवतीकुमार काफ्ले, सहरी विकास मन्त्रालयका ताना गौतम, राष्ट्रपति कार्यालयका वामनप्रसाद न्यौपाने, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका बालानन्द पौडेल, िसंचाइ मन्त्रालयकी वृन्दा हाडालाई कार्यकक्षमा बोलाएर उनीहरुको कि्रयाकलापप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका हुन् । मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गरेका उद्योग सचिव उमाकान्त झा भने बिदामा रहेकाले प्रधानमन्त्रीको बोलावटमा अनुपस्थित थिए ।
प्रधानमन्त्रीले असन्तुष्ट छ सचिवलाई निजामती सेवा ऐनअनुसार कार्यकुशलताका आधारमा बढुवा भएका मुख्यसचिव पौडेलको नेतृत्व स्वीकार गर्न र उनको प्रशासनिक सुधारका कार्यक्रमलाई सहयोग गर्न आग्रह गर्दै सहयोग नगरेमा नराम्रो हुने चेतावनी दिएको छलफलमा सहभागी एक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीले बहालवाला सचिवहरुले समेत मुख्यसचिव बढुवालाई लिएर आफ्नो असन्तुष्टि साचार माध्यममा प्रकट गरेकामा समेत गम्भीर आपत्ति प्रकट गर्दै त्यस्ता अनुशासनहीन कार्य नगर्नसमेत उनीहरुलाई चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीले मुख्यसचिव पौडेलले मंगलबार बोलाएको पहिलो बैठक छ सचिव काफ्ले गौतम न्यौपाने पौडेल झा र हाडाले बहिष्कार गरेकामा समेत गम्भीर आपत्ति प्रकट गरेका थिए । 'तपाईंहरुले मुख्यसचिवले बोलाएको बैठक किन बहिष्कार गर्नुभयो निजामती प्रशासनको उच्च पदमा रहेका सचिवहरुले नै अनुशासनहीन भई मुख्यसचिवले बोलाएको बैठक बहिष्कार गर्दा नराम्रो सन्देश गएको छ । तपाईहरुका यस्ता कि्रयाकलाप जारी रह्यो भने सरकारलाई सह्य हुन्न' प्रधानमन्त्रीले सचिवहरुलाई दिएको चेतावनी उद्धृत गर्दै छलफलमा सहभागी एक अधिकारीले भने । यी छ सचिवले प्रधानमन्त्री कार्यालयमा आयोजित तत्कालीन मुख्यसचिव माधव घिमिरको बिदाइ कार्यक्रमसमेत बहिष्कार गरेका थिए ।
छलफलका क्रममा प्रधानमन्त्रीले असन्तुष्ट सचिवहरुलाई पटकपटक त्यस प्रकारका गल्ती नदोहोर् याउन र प्रशासनिक सुधार सेवा प्रवाह र विकासनिर्माण कार्यलाई प्रभावकारी बनाउने कार्यमा मुख्यसचिवसहित सरकारलाई पूर्ण सहयोग गर्न आग्रह गरेका थिए । 'प्रधानमन्त्रीले कसरी सुधारका कार्यक्रम लागू गर्न सकिन्छ भनेर हामीलाई सोध्नुका साथै सुधारका कार्यक्रमलाई सफल बनाउन मिलेर संयुक्त रुपमा पहल गर्न आह्वान गर्नुभयो' छलफलमा सहभागी सचिव न्यौपानेले भने ।
यसैबीच सरकारले पत्रकार सम्मेलन गरी आफ्नो असन्तुष्टि व्यक्त गर्दै राजिनामा दिएका लोकसेवा आयोगका तत्कालीन सचिव श्याम मैनालीलाई कारबाही गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदले मैनालीलाई कारबाही गर्नका लागि उनको राजिनामा अस्वीकृत जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । उनको दरबन्दी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सारिएको छ । प्रधानमन्त्री भट्टराईले पत्रकार सम्मेलनै गरी मैनालीले निजामती प्रशासनको अनुशासन र मर्यादा उल्लंघन गरेकामा निजामती सेवा ऐन तथा नियमावलीअनुसार के कारबाही गर्न सकिन्छ भनेर सरसल्लाह गरिरहेको जानकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार सरकारका कतिपय उच्च अधिकारीले मैनालीलाई कारबाही गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।
मुख्यसचिव बढुवामा वरिष्ठता मिचिएकामा असन्तुष्टि प्रकट गर्दै अरु चार सचिव शंकर कोइराला, अवनीन्द्र श्रेष्ठ, सुशीलजंग राणा र त्रिलोचन उप्रेतीले दिएको राजिनामा भने सरकारले स्वीकृत गरिसकेको छ । उनीहरुले आफ्नो राजिनामापत्र सार्वजनिक गरे पनि मैनालीले जस्तो पत्रकार सम्मेलन गरेका थिएनन् । सरकारले उनीहरुलाई राजिनामा स्वीकृत भएको उल्लेख गर्दै निजामती सेवामा पुर् याएको योगदानका लागि धन्यवादसहितको पत्र दिइसकेको छ । तर मैनालीलाई त्यस्तो पत्र दिइएको छैन । ुमेरो राजिनामा स्वीकृत भयो कि भएन भन्नेबारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मलाई हालसम्म कुनै जानकारी दिएको छैनु मैनालीले भने ।
मैनालीले अवकास पाउन १० दिन बाँकी छ । उनले भदौ ३ मा ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउँदैछन् ।


No comments:

Post a Comment