Thursday, August 30, 2012

िसंचाइ मन्त्रालयमा दुई सचिवबीच हानाथाप, कर्मचारीहरु अन्यौलमा

काठमाडौं, १४ भदौ- मन्त्रालयको प्रशासनिक नेतृत्व गर्नुपर्ने र आफ्नो निकायसँथ सम्बन्धित ऐन÷कानुनको पालना गर्ने÷गराउने विशिष्ट श्रेणीका दुई अधिकारीबीच िसंचाइ मन्त्रालयमा 'म नै सचिव हुँ' भनेर तानातान चलिरहेको छ । निजामती प्रशासनको उच्च पदमा रहेका दुई सचिवले नै आफ्नो कर्तव्य र कानुनी दायित्व बिसेर एउटै मन्त्रालयमा हानाथाप गर्न थालेपछि मुलुकमा कानुनको पालना कसले गर्ने/गराउने भन्ने प्रश्न उठेको र यो घटनाले विशिष्ट श्रेणीका अधिकारीप्रतिको मर्यादासमेत घटेको चिन्ता सरकारी अधिकारीले नै प्रकट गरेका छन् ।
िसंचाइमा दुई सचिवले 'नेम्प्लेट' सहित छुट्टाछुट्टै कार्यकक्षमा आफू नै सचिव भएको दाबी गर्दै एक सातादेखि तानातान गरेपछि मन्त्रालय र मातहतका कर्मचारीहरु अन्यौलमा परेका छन् । िसंचाइ मन्त्रालयको पहिलेदेखिको सचिवको कार्यकक्षमा वृन्दा हाडा र नेम्प्लेटसहितको अर्को नयाँ कार्यकक्ष बनाएर सचिव प्रतापकुमार पाठक बसेर काम गर्न थालेपछि कर्मचारीहरुलाई आफ्नो प्रशासनिक नेतृत्वको को हो भनी अन्यौलमा परेका हुन् ।
सचिव हाडाले सरुवा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नगई मन्त्रालय कब्जा गरेर बसिराखेको र महालेखा नियन्त्रक कार्यालयबाट सरुवा भएर िसंचाइमा आएका पाठकले नयाँ कार्यकक्ष बनाएर काम गर्न थालेपछि एउटै मन्त्रालयमा दुई जना सचिव भएका हुन् । हाडा िसंचाइ सचिवकै कार्यकक्ष कब्जा गरेर बसेकी छन् भने पाठक सहसचिव कमल रेग्मीको कार्यकक्षमा सचिवको नेम्प्लेट राखेर बसेका छन् । रेग्मीलाई मन्त्रालयकै अर्कै कोठामा कार्यकक्ष दिएर सारिएको छ ।
हाडाले मन्त्रालय र मातहतका कार्यालय÷आयोजनाका प्रमुख र कर्मचारीहरुलाई टेलिफोन गरी आफू नै आधिकारिक सचिव भएको दाबी गर्दै मन्त्रालयमा निर्णय गराउनुपर्ने फाइल आफूसमक्ष पठाउन दबाब दिने गरेकी छन् । िसंचाइमन्त्री महेन्द्रराय यादवले भने मन्त्रालयको कार्य अधिकार सचिव पाठकलाई दिई उनीमार्फत् नै फाइल पठाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालय र मातहतका कर्मचारीहरु भने कुन सचिवसमक्ष फाइल पठाउने भनेर बिलखबन्दमा परेका छन् ।
मन्त्रिपरिषदले भदौ १ मा हाडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा र पाठकलाई महालेखा नियन्त्रकको कार्यालयबाट िसंचाइ मन्त्रालयमा सरुवा गरेको थियो । तर सरुवा भए पनि हाडाले कार्यकक्ष छाडिनन् । कार्यकक्ष खाली नभएकाले सरुवा भएर आएका पाठकले नयाँ कार्यकक्ष बनाएर बसेका हुन् । हाडाले आफ्नो सरुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । सर्वोच्चले पदावधि एक वर्षभन्दा कम अवधि बाँकी रहेकी हाडालाई सरुवा गर्न मिल्दैन भनी मन्त्रिपरिषदको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चको आदेशपछि हाडाले 'मन्त्रालयको सचिव मै हुँ' भन्दै आफूलाई कार्य अधिकार दिन िसंचाइमन्त्री यादव र मुख्यसचिव लीलामणि पौडेलसित माग गर्दै आएकी छन् । हाडाले पनि सर्वोच्चको आदेशको हवाला िदंदै िसंचाइ कार्यकक्ष कब्जा जमाएर बसेकी छन् । दिनभर मन्त्रालयमा दुवै जना सचिव बस्छन् ।
सर्वोच्चको आदेशअनुसार मन्त्रिपरिषदले सरुवा नउल्टाएसम्म कानुनी रुपमा िसंचाइ सचिव पाठक नै भएको सरकारी अधिकारी बताउँछन् । तर मन्त्रिपरिषदले सर्वोच्चको आदेशअनुसार सचिव सरुवाको निर्णय सच्याएको छैन ।

No comments:

Post a Comment