Thursday, August 30, 2012

भौतिक योजना र ऊर्जामा ११ उच्च अधिकारीको सरुवा

काठमाडौं, १४ भदौ- भौतिक योजना निर्माण तथा यातायात र ऊर्जा मन्त्रालयले आठ प्राविधिक सहसचिवसहित ११ जना उच्च अधिकारीको सरुवा गरेका छन् । भौतक योजनामन्त्रीस्तरीय निर्णयबाट सडक विभागका वैदेशिक सहयोग महाशाखा हेर्ने नायव महानिर्देशक योगेन्द्र राईलाई मन्त्रालयको निर्माण तथा यातायात महाशाखामा, मध्यमााचल क्षेत्रीय सडक निर्देशक देवेन्द्र कार्कीलाई विभागको वैदेशिक सहयोग महाशाखा हेर्ने नायव महानिर्देशकमा सरुवा गरिएको छ ।
मन्त्रालयका निर्माण तथा यातायात महाशाखा प्रमुख हरिओम श्रीवास्तवलाई मन्त्रालयकै वैदेशिक सहायता तथा गुणस्तर महाशाखामा सरुवा गरिएको छ भने पश्चिमााचल क्षेत्रीय सडक निर्देशक उमेशानन्द मिश्रलाई मध्यमााचल र सडक सुधार आयोजना प्रमुख सुदर्शन भण्डारीलाई पश्चिमााचल क्षेत्रीय सडक निर्देशनालयको प्रमुखमा सार्ने निर्णय गरी सामान्य प्रशासन मन्त्रालयसित सहमति माग गरी पत्र पठाइएको छ । सामान्यको सहमति आएपछि उनीहरु दुई जनाको विधिवत् सरुवा हुनेछ ।
बाढीजन्य सडक पुनःस्थापना आयोजनाका प्रमुख हरिभक्त श्रेष्ठलाई मन्त्रालयको योजना महाशाखामा सरुवा गरिएको छ । भालुबाङ-प्युठान सडक आयोजनाका मुक्तिलाल साहलाई बाढीजन्य सडक पुनःस्थापना आयोजना प्रमुखमा सारिएको छ ।
भौतिक योजना मन्त्रालयले तीन जना सडक डिभिजन कार्यालय प्रमुखको समेत सरुवा गरेको छ । सडक डिभिजन कार्यालय इलामका ज्ञानेन्द्र झालाई विभागको पुल शाखा, डोटीका चन्द्रनारायण यादवलाई इलाममा र मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड आयोजनाका विजय महतोलाई डोटी सडक डिभिजन कार्यालयमा सारिएको छ ।
ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका नायव महानिर्देशक साजय शर्मालाई पदै नभएको जल तथा ऊर्जा आयोगमा सरुवा गरेको छ । शर्माको ठाउँमा कसैलाई पनि लगिएको छैन । प्रधानमन्त्री बाबुराम भट्टराईले ऊर्जामन्त्रीको हैसियतले शर्मालाई आयोगमा काज सरुवा गरिदिएका हुन् । शर्मा प्रथम श्रेणीको हाइड्रोपावर इन्जिनियर हुन् आयोगमा हाइड्रोपावर इन्जिनियरको मात्र होइन सहसचिवको पदसमेत रिक्त छैन । पदै नभएकाले शर्माले आयोगमा कार्यकक्षसमेत पाएका छैनन् । कार्यकक्ष नपाउने शर्मा आयोगमा दोस्रो सहसचिव हुन् । आयोगमा िसंचाइतर्फका सहसचिव सुरेश उप्रेतीलाई लामो समयदेखि कार्यकक्ष र पदबिना नै अतिरिक्तमा राखिएको छ । सहसचिवजस्तो माथिल्लो तहका दुई अधिकारी आयोगमा हाजिर गरी बरन्डामा कार्यालय समय बिताउन बाध्य छन् ।

No comments:

Post a Comment