Thursday, August 2, 2012

सहमतिको सरकारको नेतृत्व गर्न कोइरालालाई आग्रह

जिल्ला सभापतिहरुद्वारा कोइरालालाई संकट समाधानका लागि पार्टीका तर्फबाट कदम चाल्न आग्रह
काठमाडौं, १८ साउन- कांग्रसका जिल्ला सभापतिहरुले सभापति सुशील कोइरालालाई नयाँ संविधान निर्माण नगरी संविधानसभाको विघटन र सरकारद्वारा दलहरुबीच सहमतिबिना नै निर्वाचन घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटको समाधानका लागि पार्टीका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
राजधानीमा बिहीबार नै आयोजित कार्यक्रममा उनीहरुले दलहरुबीच सहमतिपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व गर्नसमेत कोइरालालाई आग्रह गरेका छन् । उनीहरुले आगामी १० दिनभित्रमा पार्टीबाट प्रधानमन्त्रीको सर्वसम्म्त उमेदवार तय गरी सार्वजनिक गर्नसमेत नेतृत्वलाई सुझाव दिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा हालै सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट फर्किएका सभापतिहरुले कोइरालालाई बिहीबार सामूहिक रुपमा भेटी कांग्रेसलाई मजबुत बनाउन पार्टीभित्रका कमजोरी हटाएर अघि बढ्नसमेत आग्रह गरे । उनीहरुले बाह्रबिसे भेलाबाट पारित घोÈणु तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गरेका थिए ।
'देशमा विद्यमान संवैधानिक तथा राजनीतिक संकटको समाधान गर्न बाह्रबिसे घोÈणु कार्यान्वयन गर्न तथा संगठन सुदृढीकरण्ँका िवÈयमा केन्द्रय सभापतिलाई आग्रह गर् यौं' नुवाकोट कांग्रेसका सभापति जगदीशनरिसंह केसीले कोइरालासितको भेटपछि भने ।
भेटघाटका क्रममा कोइरालाले जिल्ला सभापतिहरुलाई गाउँगाउँमा गई एकजुट भएर संगठन विस्तार गर्न निर्देशन दिएका थिए । उनले पार्टीमा कमजोरी भएको भए सच्याउँदै अघि बढ्ने तर अरुले गल्ती गरेको भए त्यसबारेमा बोल्न पनि जिल्ला सभापतिहरुलाई आग्रह गरेका थिए । 'पार्टीभित्र मैले गल्ती गरेको छु र कमी कमजोरी भएका छन् भने म सुधार्छु तर अरुले गल्ती गरेका छन् भने तपाईंहरुले पनि बोल्नुपर्छ' कोइरालको भनाइ उद्धृत गर्दै केसीले भने ।
यसैबीच जिल्ला सभापतिहरुले दलहरुबीच सहमतिपछि बन्ने राष्ट्रिय सरकारको नेतृत्व गर्न सभापति कोइरालालाई आग्रह गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले संसदसमेत नरहेको अवस्थामा कांग्रेस सभापतीय प्रणुलीमा चलेको पार्टीका तर्फबाट कोइराला नै सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने बताए ।
'सहमतिको सरकारको नेतृत्व गर्ने सर्वोत्कृष्ट व्यक्ति कोइराला नै हो' उनले भने 'सभापतिले म प्रधानमन्त्री बन्छु भनेर इच्छा व्यक्त गरेपछि पार्टीबाट अरु कसैले पनि दाबी गर्न मिल्दैन ।'
दोलखा कांग्रेसका सभापति ताराबहादुर कोइरालाले सभापति कोइराला नै प्रधानमन्त्रीको सबभन्दा सर्वोत्कृष्ट उम्मेदवार हुने उल्लेख गर्दै सभापतिले इच्छा नगरेमात्रै उपसभापति रामचन्द्र पौडेल या वरिष्ठ नेता शेरबहादुर देउवामध्येबाट एक जना प्रधानमन्त्रीको उमदेवार बन्ने बताए ।
गुल्मी कांग्रेसका सभापति चन्द्र केसीले पनि सभापति कोइरालाले चाहेकै व्यक्ति भावी सहमतिको सरकारको प्रधानमन्त्री बन्ने उल्लेख गर्दै आगामी १० दिनभित्रमा पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार तय गरी सार्वजनिक गर्न आग्रह गरे । 

No comments:

Post a Comment